धरान / सामाजिक रुपान्तरणको अभियानलाई निष्कर्षमा पुर्याउन ल्वागुन प्रतिष्ठानले ठूलो भूमिका निर्वाह गरेको प्रदेश नंं १ का सभामुख प्रदिपकुमार भण्डारीले बताएका छन् ।
सोमबार धरानमा ल्यागुन प्रतिष्ठान प्रारम्भिक सभा उद्घाटन गर्दै एक आपसमा बन्धुत्व र भाईचार निर्माणबाट मात्रै सम्वृद्ध मुलुक बनाउन सकिने बताए ।  सभामुख भण्डारीले यस्ता प्रतिष्ठानले अव प्रदेशको सम्वृद्धिका लागि योगदान दिनु पर्ने सुझाएका छन् । 
मोहन ल्वाागुन विश्वकर्माको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा विशेष अतिथिका रुपमा प्रदेश सभा सदस्य उमिता बराईली रहेकी थिईन । प्रतिष्ठानले विश्वकर्मा बन्दुहरु विच बन्धुत्व, भाईचरा, सद्भाव र आपसी सहकार्यका लागि काम गर्ने अध्यक्ष ल्वागुनले बताए ।