धरान । सिराहाबाट सुनसरीको धरानतर्फ अाउदै गरेको बस सुनसरीको इटहरी १ स्थित बरगाछीमा पल्टदा एक युवकको घट्ना स्थलमै मृत्यु भएको छ ।  दुर्घट्नामा करीब ३० जना घाईते भएको प्रहरीले बताएको छ । धरान अाउदै गरेको ना४ ख ४२५८ बस दुर्घटना भएको हो बसमा सवार अधिकासं यात्रु घाईते भएको प्रहरीले जनाएको छ । स्थानीय प्रत्यक्षदशी सबिता बस्नेतका अनुसार बस तिब्र गतिमा आएको थियो झण्डै मलाई हान्यो उनले भनिन् ।  बिस्तृत विवरण आउन बाँकी छ । मृतकको नाम समेत खुल्न सकेको छैन करीब तिन दर्जन बढि यात्रुहरु घाईत भएको हुन सक्ने प्हरीकाे भनाई छ । घाईतेहरूकाे धरान स्थित वी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको इलाका प्रहरी कार्यलय इटहरीका इन्स्पेक्टर राजन कार्कीले वताए ।

उनका अनुसार अहिले सम्म १६ जना घाईतेहरुको नाम खुलेको छ । सप्तरी कन्चनपुर ८ वस्ने ३५ बर्षिय सुनितादेवि राउत, सिराह धनगडि १० का ७० धन ब. मगर, धनगडी. ८ कै ५० वर्षिय आग्देवि यादव ,सुनसरी ईनरुवा ५ बस्ने ४७ वर्षिय कल्पन पोख्रेल,सिराह गोलबजार १९ वर्षिय सुनिल राना,.सिराह गोलबजार न.पा.२ की ३५ वर्षिय सुनिता यादव,.सुनसरी हरिपुर ५ का २५ वर्षिय जिप्सि कूमार.महतो रहेको छन । त्यस्तै दुर्घट्नाहुनेहरुमै सुनसरी हरिपुर ५ का ५० वर्षिय सुर्यदेव महतो, सुनसरी ईनरुवा वडानम्वर ५ का २४ वर्षिय सुवास ढकाल,.सप्तरी कनचनपुर ४ का ५० वर्षिय रामललित पास्वान,सुनसरी धरान .६ पानमारा वस्ने ४८ वर्षिय पुस्पा काफ्ले, सिराह लक्षमिपुर २ बस्ने ४० वर्षिय भिजिलाल यादव,.सिराहक हरि कुमार यादव,सप्तरी कन्चनपुरका गजेन्द्र प्र.शाह,सुनसरी ईनरुवा ६१ बर्षिय राम प्रसाद दाहाल ,सिरहा धनगडिका ५२ वर्षिय चन्द्रदेव यादबको पहिचान खुलेको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ । अन्य घाईतहरुको नाम संकलन कार्य भईरहेको  छ ।