धरान / सुनसरीको धरान उपमहानरपालिकामा अदुवा र बेसारको बजारीकरणमा सहजता प्रदान गर्न भण्डारगृह निर्माण अघि बढाइएको छ । 

पूर्वी पहाडी जिल्लामा उत्पादन हुने अदुवा र बेसारको बजारीकरणमा सहजता प्रदान गर्न भण्डारगृह निर्माण थालिएको हो । यसबाट अदुवा र बेसार निर्यातमा वृद्धि हुने व्यापारीको विश्वास छ ।
धरानस्थित कृषि उपज बजारस्थलमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत अदुवा–बेसार जोन कार्यान्वयन इकाइको सहयोगमा भण्डारगृह निर्माण भइरहेको जोन कार्यान्यवन इकाइका प्रमुख नीलकमल सिंहले जानकारी दिनुभयो । कूल रु ५० लाख ९९ हजारको लागतमा भण्डारगृह निर्माणका लागि कृषि उपज बजारस्थलको रु नौ लाख सात हजार स्थानीय लगानी रहेको कृषि उपज बजारस्थलका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए 
अहिले बजारबाट अदुवा र बेसार धुलाई, ग्रेडिङ र प्याकेजिङ नगरी सिधै भारतीय बजारमा पठाउने गरेका कारण भारतीय नाकामा गुणस्तरीय नभएको भन्दै समस्या भोग्नु परेको व्यापारीको गुनासो छ । बजारीकरण र गुणस्तरमा देखिएका समस्या समाधान गर्न तथा कारोवारमा समेत वृद्धि हुने उद्देश्यका साथ भण्डारगृह निर्माण गर्न लागेको कृषि उपज बजारस्थलका अध्यक्ष काजी गिरीले बता