धरान / गएको मङ्सिर २९ गते एकाबिहानै गहुँमा बोरिङबाट पानी लाउन भन्दै घरबाट हिँडेका कोशी गाउँपालिका–६ का प्रमोद यादवको हात्तीको आक्रमणले ज्यान गयो । त्यसको १५ दिन नवित्दैं सोमबार राती सोही गाउँपालिका–५ का मोतीलाल कामतको त्यही एउटै हात्तीको आक्रमणबाट ज्यान गयो ।

एउटै गाउँपालिकामा १५ दिनको फरकमा दुई जनाले हात्तीको आक्रमणबाट ज्यान गुमाए । कोशी टप्पुको मध्यवर्ती क्षेत्रमा पर्ने कोशी गाउँपालिका अधिकाशं गाउँ जंगली जनावरको आक्रमणको चपेटामा परेको छ । आरक्षणबाट आएका जंगली जनावरले कतिखेर ज्यान लाने हो भन्ने ठेगान हुँदैंन ।
ज्ंगली जनावरको आक्रमणबाट आजित भएर स्थानीयवासी आन्दोलन गर्छन् । राज्यले कुनै पहल नगर्दा उनीहरु थाक्ने गरेका छन् । मङ्गलबार पनि स्थानीयले सडक अवरुद्ध गरे । हात्ती पीडित स्थानीयबासीहरुले पूर्वपश्चिम राजमार्गको कोशी कटान क्षेत्रमा सडकमा प्रर्दशन गरे । उनीहरुको प्रर्दशनले यातायात नै ठप्प भयो । तर सम्झाई बुझाई उनीहरुलाई घर पठाइयो । उनीहरुको समस्या भने जस्ताको तस्तै छ ।

इनरुवामा केपी ओलीको कदम विरुद्ध नेकपाको देशव्यापी विरोध कार्यक्रम सुनसरीको सदरमुकाममा राखिएको र यातायात बन्द हुँदा समस्या भए पछि प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेल, जिल्ला प्रहरी प्रमुख एसपी कमल थापासहित सुरक्षा प्रमुख, गाउँपालिकाका अध्यक्ष अयुव अन्सारीलगायतको पहलमा सडक अवरोध हटाइएको थियो ।
यस अघि पनि ज्यान मार्ने मकुना हात्ती नियन्त्रणका लागि प्राविधिक टोली मगाइएको र उनीहरु आए पछि थप छलफल गरि निकासमा पुग्ने सहमति गरि हात्ती पीडित संघर्ष समितिको रोहबरमा लास पोष्टमार्टमका लागि जिल्ला अस्पताल इनरुवा लगिएको गाउँपालिका अध्यक्ष अयुव अन्सारीले जानकारी दिनु भयो । ‘यो हात्तीले पहिलेदेखि जनतालाई दुःख दिएको थियो । विज्ञ टोली हिडिसकेकाले बुधबार आइपुगे पछि थप छलफल गरि निकासमा पुग्ने गरि पीडित पक्षको आन्दोलन रोकिएको छ ।’–अध्यक्ष अन्सारीले भन्नु भयो ।

मकुना नामको हात्ती अराजक भई गाउँपसी जनधनको क्षति गरे पछि आरक्षण प्रशासनले यस अघि पनि प्राविधि टोली चितवन राष्ट्रिय निकुञ्जबाट मगाएर अध्ययन थालेको थियो । उक्त टोलीले हर्मोनका कारण यस्तो अराजक भएको निष्कर्ष निकालिउक्र मकुनाको हर्मोन कम गर्ने सुई दिइएको थियो । तर उक्त मकुनाले पुन मानवमाथि आक्रमण गरे पछि स्थानीय थप त्रासित भएका छन् ।
गत मङ्सिर २९ गतेको घट्ना पछि स्थानीय समाजसेवी पञ्चनारायण मण्डलको संयोजकत्वमा ३७ सदस्यी जंगली जनावर पीडित संघर्ष समिति बनाइएको थियो । बुधबार आउने प्राविधिक टोलीसँग थप छलफल गरि संघर्षका कार्यक्रम घोषणा गरिने संयोजक मण्डलले जानकारी दिनुभयो ।
कोशीटप्पु वन्यजन्तु आरक्षका जङ्गली जनावर र स्थानीयबीच दशकौदेखि द्वन्द्व हुदैं आएको छ । स्थानीयले आरक्षण प्रशासनलाई पटक पटक द्वन्द्व निरुपणका लागि विशेष ध्यान दिन सचेत गराए पनि आरक्षण प्रशासनले उनीहरुको कुरा सुनेको छैन् ।

२०७३ साल यता ५२ जनाको  मृत्यु

सुनसरी, सप्तरी र उदयपुर गरि तीा जिल्ला गरि आरक्षण १७५ वर्गकिमी फैलिएको छ । आर्थिक वर्ष २०७५/७६ देखि हालसम्म जङ्गली हात्तीको आक्रमणबाट सुनसरी र सप्तरी जिल्लामा आठ जनाको मृत्यु हुनुका साथै सोही अवधिमा दुई दर्जन व्यक्ति घाइते भएको तथ्याङ्क छ । २०७३ साल यता मात्र तीन जिल्लामा आरक्षणबाट निस्किएर आएका जंगली जनावरबाट आक्रमणबाट ५२ जनाको ज्यान गएको जंगली जनावर पीडित पीडित संघर्ष समितिका संयोजक पञ्चनारायण मण्डलले बताउनुभयो । २२ जना त मकुना हात्तीको आक्रमणले मात्र ज्यान गएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार कोशी गाउँपालिकाको वडा नंं ३, ५, ६,७, ८ जंगली जनावरबाट पीडित छन् । यसै गरि उदयपुरको बेलका नगरपालिकाका, सप्तरीको सप्तकोशी नगरपालिका, कञ्चनरुप नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, सुनसरीको बराहक्षेत्र नगरपालिकाका केही वडाहरु मधयवर्ती क्षेत्रमा पर्छन । ती क्षेत्रका स्थानीयवासी बषौंदेखि हात्तीलगायतका जंगली जनावरबाट पीडित छन् । मण्डलका अनुनसार कोशी गाउँपालिकामा मात्र ढेड बर्षको अवधीमा १५० जना भन्दा बढी घाइते भएका छन् । करोडौंको वालीनाली क्षती भएको छ । बुधबार दिउसो १ बजे समितिको बैठक बसी प्रमुख प्रमुख जिल्ला अधिकारी र वार्डेन मार्फत ज्ञापन पत्र बुझाउने र स्थानीयको सुरक्षाका लागि राज्यले कुनै पहलन नगरे संघर्षका कडा कार्यक्रम शुरु गर्ने मण्डलले चेतावनी दिनुभयो । ।
आरक्षण प्रशासनको लापारवाही
हात्ती आक्रमण रोक्न आरक्षण प्रशासनले कुनै ठोस कदम नचाल्दा मध्यवर्ती क्षेत्रवासी समस्यामा परेको कोशी गाउँपालिका अध्यक्ष अन्सारी बताउनुहुँछ । ‘पटक–पटक ध्यानाकर्षण गराउँदै आए पनि सर्वसाधारणलाई आतङ्कित बनाउने क्रम रोक्न आरक्षण प्रशासनले कुनै ठोस पहल गरेको छैन् । यहाँका कर्मचारी तलव पचाउन मात्र बसेजस्तो भएको छ । त्यही भएर स्थानीय आन्दोलित भएका छन् ।’–अध्यक्ष अन्सारीले भन्नु भयो ।
मानव बस्तीमा पसेर दिनहुँजसो सर्वसाधारणलाई आतङ्कित बनाउने हात्ती कहाँ छ भनेर थाहा पाउने हात्तीको लोकेसन ट्रयाक गर्न २०७४ मङ्सिर १५ गते आरक्षणले रेडियोकलर जडान गरेको छ । उक्त रेडियोकलरको सहायतामा रिसिभरले हात्ती कहाँ छ भन्ने जानकारी दिने गरेको छ । तर मानवबस्तीमा पसेको जानकारी आरक्षणलाई थाहा हुँदासमेत वेवास्ता गर्दा मानिसको ज्यान जाने गरेको अध्यक्ष अन्सारी बताउनुहुन्छ ।
यता मकुना हात्तीले उपद्रो गरेको र मानव बस्ती जानबाट रोक्नका लागि हात्तीको खुट्टामा चेन लगाइने उपायका बारे विभागमा मङ्सीर ६ गते नै पत्र पठाएको आरक्षणका निमित्त वार्डेन झौलाई चौधरीले जानकारी दिनुभयो । बुधबार प्राविधिक टोली आउने र मकुना हात्तीबारे थप निर्णय हुने उहाँले बताउनु भयो ।

motilal kamat