दमक / मोरङको पथरी शनिश्चरे नगरपालिका–१ का दीपेन्द्रराज तिम्सिनाले लेख्नुभएको ‘नेपालको बैङ्किङ इतिहास’ पुस्तक सार्वजनिक गरिएको छ । पुस्तकमा नेपालको ८८ वर्ष लामो बैङ्किङ अवस्थालाई समेटिएको हो । लेखक तिम्सिनाको यो १४औँ कृति हो ।
लेखक तिम्सिनाका अनुसार पुस्तकमा नेपालका ९क० र ९ख० श्रेणीका बैङ्कहरुको चिनारीलाई उजागर गर्ने प्रयास गरिएको छ । पुस्तकमा पहिलो गभर्नर हिमालय शमशेरदेखि अहिलेका विश्वनाथ पौडेलको जीवनी, द्वन्द्वकालमा बैङ्कमा गरिएको आक्रमण, नेपाली बैङ्क ‘मर्जर’को इतिहास, राणाकालमा बेलायतबाट फर्केका नेपालमा बैङ्क खोल्ने अगुवा सरदार गुञ्जमान सिंह, बैङ्किङ क्षेत्रका अगुवा विके श्रेष्ठबारे सामग्री समेटिएको छ ।
नेपाली बैङ्कले पाएको राष्ट्रिय तथा अन्तरराष्ट्रिय अवार्ड, बैङ्किङ क्षेत्रमा महिला सहभागिता, विपत्मा बैङ्कको सहयोग, बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन, कानुनहरू, खारेज भएका बैङ्कहरु, लिच्छविकालदेखिका मुद्राबारे पुस्तकमा लेखिएको छ ।