धरान  / प्रधानमन्त्री केपी ओलीले प्रतिनिधी सभा विघटन गरे पछि लगभग फुटमा पुगेको नेकपा सुनसरीमा माधव प्रचण्डको दरिलो पटक देखिएको छ ।
सुनसरीमा माओवादी - एमाले एकता अघिदेखि नै माधव नेपाल समुहको राम्रो पटक रहेको थियो । यस बेला माओवादी तर्फबाट कोही पनि दावावाया भएका छैनन् । एमाले तर्फका केही नेता कार्यकर्ताहरु भने दुई तिर बाढिएका छन् ।
नेकपा जिल्ला कमिटी सचिव तथा प्रदेश सदस्य रमेश बस्नेतका अनुसार सुनसरीमा रहेका ९ केन्द्रीय सदस्य मध्य  ६ जना माधव प्रचण्ड समुहमा छन् । प्रदेश कमिटीका ३२ मध्य २३ जना माधव प्रचण्ड समुहमा र दुई जना तठस्थ बसेका छन् । बाँकी ओली पक्षमा लागेका छन् ।
यस्तै जिल्लाको १५८ जनामा अध्यक्ष सचिवसहित १२४ जना माधव प्रचण्डमा खुलेका छन् । ११ जना ओली पक्षमा रहेका छन् भने बाँकी कुन समुह आधिकारिक हुने भनेर पर्खिरहेको स्थितिमा छन् । पुस १४ गते इटहरीको लाइन्स क्लव हलमा जिल्लाको विस्तारित बैठक सम्पन्न गर्दा अधिकांश नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
स्थायी समिति सदस्य तथा प्रदेश १ इञ्चार्ज भीम आचार्यको उपस्थितिमा बैठक गरेर ९५ प्रतिशत जिल्ला कमिटी सदस्यहरु सहभागी भएको पार्टीले दावी गरेको छ ।
सोही दिन नेकपा केन्द्रीय सदस्य तथा सुनसरी इञ्चार्ज धर्मराज निरौलाको संयोजकत्वमा आन्दोलन परिचालन समिति समेत बनाएको छ । माधव नेपालको राम्रो पकट रहेको धरान उपमहानगरपालिका र इटहरी उपमहानगरपालिकामा पनि माधव प्रचण्ड समुहको दरिलो पटक रहेको छ । पुस २० गते धरान उपमहानगरपालिका कमिटीको विस्तारिक बैठक सम्पन्न गरेको छ । बैठकले १५०१ सदस्यीय आन्दोलन परिचालन समिति बनेको छ । प्रदेश कमिटी सदस्य आइन्द्रविक्रम बेघाको संयोजकत्वमा ओलीको कदम विरुद्ध आन्दोलन गर्न समिति बनाइएको उपमहानगर कमिटी अध्यक्ष नारायण सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार उपमहानगर कमिटी ११० सदस्यीय रहेका छन् । बैठकमा ७० जनाले हस्ताक्षर गरेका छन् । १० जना सदस्यहरु विदामा रहेको र २० जना तठस्थ रहेको अध्यक्ष सुवेदीले बताउनु भयो ।
मंगलबार इटहरी उपमहानगर कमिटीको बैठक बसेको थियो । ११० जनाको कटिीमा ६५ जनाको उपस्थिति रहेको र ८ जना विदामा बसेका उपमहानगर सचिव काशीनाथ दंगालले जानकारी दिनुभयो । २८ जना तठस्थ रहेको र बाँकी ओली पक्षमा खुलेको बताइएको छ ।
अधिकांश स्थानीय तहका अध्यक्ष सचिव माधव -प्रचण्ड पक्षमा

bhim 1
सुनसरीमा १२ वटा स्थानीय तहहरु रहेका छन् । १२ स्थानीय तहका पार्टी अध्यक्ष मध्य १० जना अध्यक्ष माधव प्रचण्डा पक्षमा उभिएका छन् । दुहवी नगरपालिका र वर्जु गाउँपालिका पार्टी अध्यक्ष खुलेका छैनन् । १२ वट स्थानीय तहका पार्टी सचिव मध्य गढीका सचिव तठस्थ बसेका छन् । सुनसरीमा बहुमत पार्टी कार्यकर्ताहरु कमिटीहरु प्रचण्ड माधव पक्षमा रहेको नेकपा जिल्ला कमिटी अध्यक्ष योगेन्द्र मण्डलले जानकारी दिनुभयो ।

kiran

कुन स्थानीय तहका प्रमुख उपप्रमुख कता ?
सुनसरीमा इटहरी उपमहानगरमा मेयर द्वारिकलाल चौरी उपमेयर लक्ष्मी गौतम नेकपाबाट विजयी भएका हुन । चौधरी तठस्थ छन् भने उपमेयर गौतम ओली समुहमा खुल्नु भएको छ । धरान उपमहानगरकी उपमेयर मञ्जु भण्डारी ओली समुहमा हुनुहुन्छ ।
रामधुनी नगरपालिकाकी उपमेयर सविना चौधरी तठस्त रहनु भएको छ । बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनाल तठस्थ रहनु भएको छ । उपमेयर कमला मगर भने माधव प्रचण्ड पक्षमा रहनु भएको पार्टी श्रोततले जनाएको छ ।

सा‌सद मेयर उपमेयर कुन पक्षामा
१.धरान उपमहानगरपालिका
 उपमेयरः मञ्जु भण्डारी(ओली)
२. इटहरी उपमहानगरपालिका
मेयरः द्वारिकलाल चौधरी(तठस्थ)
उपमेयरः लक्ष्मी गौतम(ओली)
३. बराहक्षेत्र नपा
मेयरः निलम खनाल(तठस्थ)
उपमेयरः कमला मगर(माधव)
४. रामधुनी नपा
उपमेयरः सविना चौधरी(माधव–प्रचण्ड)
प्रतिनिधी सभा सदस्य सुनसरी–१ः –जयकुमार राई(माधव)
प्रदेश सभा सदस्यहरु
१.प्रदिपकुमार भण्डारी(सभामुख)(माधव) -सुनसरी १ 
२. भीम आचार्य(माधव)
३.सावित्री जोशी(माधव)
४. उमिता बराइली(प्रचण्ड)
५.सर्वध्वज साँवा, सुनसरी -२(ओली)
६. लिलम बस्नेत, सुनसरी -३(ओली)
७. जगदिश कुसियत(उद्योग, पर्यटन मन्त्री), सुनसरी - ४(ओली)