धरान / चुरे मार्ग सरोकार समितिले लामो सयमदेखि उठाउदै आएको माग ओली सरकारले पुरा गर्ने भएको छ । पूवृका ६ जिल्लाका स्थानीयले चुरे मार्ग सरोकार समिति बनाएर हेटौडा–धरान मार्गलाई इलामसम्म जोड्न दवाव दिदै आएका थिए ।
झापाको शान्तिनगरबाट मोरङको मधुमल्ला, लेटाङ, केराबारी हुँदै सुनसरीको धरानबाट उदयपुर, सिन्धुली, हेटौंडा हुँदै महाकालीसम्म पुग्ने चुरे फेदी मार्ग निर्माण हुने भएको छ । उक्त मार्गको नाम मदन भण्डारी राजमार्ग राख्ने गरि आईतबार साँझ बसेको मनित्रपरिषदको बैठकले करिव १२ सय किमी लामो सडक निर्माणका लागि भौतिक मन्त्रालयको प्रस्तावलाई स्वीकृत गरेको छ ।
इलामको रोमदेखि धरानसम्म चुरे मागृ जोडन दवाव दिने स्थानीयको पहलमा चुरे सरोकार समिति नै निर्माण गरेर मन्त्रालयहरुमा ज्ञापन पत्र बुझाएको थियो । इलामका वृहस्पति खतिवडाको संयोजनमा काठमाण्डौ पुगेर दुई महिना अघि प्रधानमन्त्रि केपी शर्मा ओली, पूर्व प्रधानमन्त्रि झलनाथ खनाल, संविधान सभाका पूर्व अध्यक्ष सुवास नेम्वाङ र अर्थ मन्त्रि डा युवराज खतिवडालाई भेटी चुरे मार्ग निर्माणका लागि बजेट विनियोजन गर्न दवाव दिएको सुनसरी क्षेत्र नं. १ का प्रतिनिधी सभा सदस्य जयकुमार राईले जानकारी दिए । उनकै नेतृत्वमा विभिन्न मन्त्रलाय तथा नेताहरुसँग बजेट पार्न दवाव दिइएको थियो ।

चुरे तथा भित्री मधेसको उपत्यकालाई जोड्ने उक्त सडक निर्माणका लागि भौतिक योजना तथा निर्माण मन्त्रालयले एक साता अघि प्रस्ताव लगेको थियो । सोही प्रस्ताव अनुरुप मन्त्रिपरिषदेले निर्णय गरेको सञ्चार तथा सूचना प्रविधी राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिएका छन् । प्रस्तावित मदन भण्डारी राजमार्र्ग झापाको शान्तिनगरबाट सुरु भइ मोरङको मधुमल्ला, लेटाङ, केराबारी हुँदै सुनसरीको धरानबाट, चतरा, गाइघाट, कटारी, सिन्धुलीमाढी, हेटौंडा, गैंडाकोट, रामपुर, रिडी, तम्घास, शिमलटारी, प्युठान, घोराही, तुलसीपुर, बोटेचौर, सुर्खेत, बड्डीचौर, सिमचौर, वीपीनगर, सहजपुर, बुडर, जोगढुवा हुँदै रुपालसम्म पुग्ने बताइएको छ ।
यो राजमार्ग निर्माण भएसँगै पूर्व्श्चिम राजमार्गको विकल्प तयार हुनेछ । पूर्वपश्चिम राजमार्गमा बन्द–हडताल भएको अवस्थामा विकल्पको रुपमा यो राजमार्गलाई प्रयोग गर्न सकिन्छ । चुरे फेदी राजमार्गमा पर्ने विभिन्न खण्डका सडकहरु अहिले समेत निर्माणाधिन अवस्थामा छन् । सुनसरीको चतारामा सप्तकोशी नदीमा पुल समेत निर्माण भइसकेको छ । हेटौंडादेखि धरानसम्म ३ सय १८ किमि सडक दुई लेन विस्तार कार्य भईरहेको छ । सोही योजनालाई स्थायीयबवासीले चुरे फेदी हुदै इलामसम्म जोड्न माग गरेका थिए ।
हेटौडा–धरान सम्मका लागि २०७३ मंसिरमा ठेक्का लागे हो । भौतिक पूर्वधार तथा यातायात मन्त्रलाय अन्तर्गत सडक विभागका इन्जीनियर कविश तण्डुकारका अनुसार २० प्रतिशत काम भईसकेको छ । पूर्वलाई जोड्ने धरान र चतरा विचकोे सेउतीमा पुल निर्माण धमाधम निर्माण भईरहेको छ । पिलरको काम सकिएको छ ।