डोमेष्टिक एयरपोर्ट बनाउन सकिन्छ– प्राधिकरण इन्जीनियर
काेशी टप्पु / सुनसरीको बराहक्षेत्र नगरपालिका, उदयपुरको बेलका नगरपालिका र सप्तरीको सप्तकोसी नगरपालिकाको मध्य भागमा रहेको कोशी टप्पु क्षेत्रमा रहेको करिब ६० हजार बिघा क्षेत्रफल रहेको खाली जग्गालाई संरक्षण र र उपयोगको लागि पहल शुरु गरिएको छ ।
तीन वटै नगरपालिकाको पहलमा खाली जग्गालाई बिमानस्थल र क्रिकेट स्टेडियम बनाउन सकिने सम्भावना देखिएको ले सम्भाब्यता अध्ययनका लागि नेपाल नागरिक उड्यान प्राधिकरणको इन्जिनियरले प्रारम्भिक सम्भाब्यता अध्ययन गरि काठमाण्डौ फर्किएका छन् । प्राधिकरणका इन्जिनियर सत्यराम दुवालको नेतृत्वको टोलीले गत मंगलबार स्पोटमा पुगि जग्गाका निरिक्षण गरेको छन् । ‘प्रारम्भीक अध्ययनमा डोमेस्टिक एयरपोट बनाउन सकिने सम्भाना रहेको छ ।’– इन्जीनियर दुलालले नयाँ पत्रिकालाई भने–‘सप्तकोशीलाई नियन्त्रण गरेर यहाँको खाली जग्गामा उत्कृष्ट विमान स्थल बन्न सक्छ ।’
समान्यता डोमेस्टिक एयरपोट का लागि १२देखि १५ सय मिटर को धावन मार्ग आवश्यक पर्छ । यसका लागि यहाँको जग्गा उपयुक्त हुने इन्जीनीयर दुलाले बताए । यसलाइ १५ सय लम्वाई र ४ सय चौडाईको पूर्व–पश्चिम धावन मार्ग बनाउन सकिने उनले बताए । जग्गा अन्र्तराष्ट्रिय स्तरको बनाउन पुग्ने भए पनि विचमा हाईटेनसनको विजुली तार रहेका कारण अन्र्तरष्ट्रिय स्तरको विमागस्थल बनाउ भने समस्या हुने उनल ेबताए । अन्तर्राष्ट्रिय स्तरको बनाउन ४ हजार मिटर लम्बाई र ८ सय मिटरको चौडाईको धावन मार्ग बनाउनु पर्ने हुन्छ । एयरपोट बनाउन यहाँ भएका व्यक्तिहरुलाई समेत अन्यत्र सार्नु पर्ने हुन्छ ।
प्रारम्भीक सर्वेबाट उपयुक्त देखिएको छ । पुन प्राधिकरणबाट डिटेल सर्वेका लागि इन्जीनियर आएर विस्त्रीत अध्ययनबाट सम्भावनाबारे भन्न सकिन्छ ।’–उनले यो फिल्ड अध्ययन मात्र हो ।’–इन्जीनियर दुलालले भने ।
गत मंगलबार सप्तकोशी नगरपालिकाका मेयर उत्तमकुमार गौतम, बेलका नगरपालिकाका मेयर दुर्गा थापा र इन्जीनियरदुलाल सहितको टोलीको फिल्ड अध्यययन गरेको थिए । उक्त अध्ययानको प्रतिवेदन इन्जीनीयर दुललाले एक साता भित्र प्राधिकरणलाई बुझाउने छन् । उनको प्रतिबेदनको आधारमा प्राधिकरणले डिटेल सर्वेका लागि इन्जीनीयरको टोली पठाउने छ ।
विमानस्थल निर्माणका लागि बेलका नगरपालिकाका मेयरसहितको टोलीले गत बैशाख २६ गते नागरिक उड्ययन मन्त्रालयका सचिवलाई भेटी सम्भाव्यता अध्ययनका लागि आग्रह गरेका थिए । यहाँको सम्भावनाबारे पटक पटक मन्त्रालय तथा नागरिक उड्ययन प्राधिकरणमा जिल्लाबाट डेलिगेशन जाने काम भएको बेलका नगरपालिकाका मेयर थापाले बताए । पछिल्लो डेलिगेशन पछि तत्काल मन्त्रलायले अध्ययनका लागि प्राधिकरणलाई अनुमति दिए पछि प्राधिकरणले अध्ययन थालेको हो ।
ेयो पर्यटकिय क्षेत्र कोशीटप्पु बन्यजन्तु आरक्षण, धार्मिक स्थल बराहक्षेत्र लगायतको मध्य भागमा रहेको यो श्रीलंका टापुमा अन्तर्राष्ट्रिय बिमानस्थल र अन्तर्रा्ष्ट्रिय क्रिकेट स्टेडियम बनाउदा उदयपुर ,सप्तरी ,सुनसरी ,भोजपुर ,खोटाङ, सिराहा लगायतका बासिन्दहरु लाभान्वित हुने बेलका नगरपालिकाका मेयर दुर्गा कुमार थापाले बताए । उनका अनुसार बेलकामा अन्तर्राष्ट्रिय बिमानस्थल बनाउन सरकारी तर्फबाट अनुमती र प्राबिधिक टोलि मात्र दिए पनि स्थानीयस्थरबाट विमान स्थल र अन्तर्राष्ट्रिय स्तरको खेलकुद मैदान बनाउन सकिने उनको भनाई छ ।

32777278_1170569633085940_2869590705565597696_n

32759914_1170569576419279_7203193770718789632_n

कोशी टप्पु क्षेत्रको खाली जग्गामा एयरपोर्ट निर्माणका लागि सम्भाव्यताका लागि स्थलगत अध्ययन गर्दै प्राधिकरणका इन्जीनीयर सत्यराम दुलाल, सप्तकोशी नगरपालिकाका मेयर उत्तम आचार्य र बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापालगायतको टोली । तस्विरः खगेन्द्र कार्की