धरान /  धरानमा अष्ट्रेलियन तथा बेलायती बाइकहरु विक्रि शुरु गरिएकाे छ । रई मोटर्स धरानले उक्त बाइकहरु धरानमा विक्रि शुरु गरेकाे हाे । अष्ट्रेलियाको ३ सय २० सिसि हन्टर बाइकहरु धरान भित्र्याएको हो भने बेलायतको २ सय ५० सिसिका बाइकहरु धरानमा ल्याइएको हो । उक्त बाइकहरु ६ लाख ५ हजारदेखि ६ लाख ७५ हजारसम्म मूल्य रहेको जानकारी राई मोटर्सका सञ्चालक महेश राईले जानकारी दिए । बाइकका सौखिनहरुले प्रयोग गर्ने उक्त बाइकहरु अफ रोड तथा स्टन्ट बाइकहरु रहेको जानकारी समेत राईले दिएका छन् । उनले विदेशमा सौखको लागी चढ्ने बाइकहरु २५ देखि ५० लाखसम्म मूल्य हुन्छ तर नेपालमा आएका यस्ता बाइकहरु ६ लाखदेखि उपलब्ध भएको समेत राईले बताए । उनले बाइकको पार्टस र मर्मतको सुविधा समेत शो रुममा रहेको छ ।

75708429-ab9f-3dd2-ae10-42ec2ea9c5d5_1526520559