धरान/  धरानबाट सङ्खुवासभा आखेभुर्इ जादै गरेको को १ ख ३५३० नं। को पाथिभारा ट्राभल्स् धनकुटाको स्कुलडाँडामा दुर्घटना भएको छ । बसमा सवार २५ जना घाइते भएको जिल्ला ट्राफिक कार्यलय धनकुटाका इन्स्पेक्टर सुरेन्द्र खड्काले बताए ।

धरान १५ का सुनिल भुजेल, इटहरी ७ की अन्जु बस्नेत र गणेश बस्नेत रहेका छन् भने सङ्खुवासभा धर्मदेवि नगरपालिका वडा नं। ८ का धनबहादुर जिमी,सोही वडाका तुमबहादुर जिमी,धर्मदेवि नगरपालिका ९ की बिमला कार्की, अम्मर कार्की, अमृतकुमार नेपाल रहेका छन्। त्यसैगरि धनकुटा ५ कि तृप्ती श्रेष्ठ,पाख्रीबास १० का पदमबहादुर रार्इ, धनकुटा खोकु ५ की सजना रार्इलगायत घाइते भएको प्रहरीले जनाएको छ ।
सवारी चालक दल फरार रहेको र अन्य घाइतेको नाम थर खुल्न सकेको छैन् ।