धरान/ विभिन्न जिल्लाबाट विपी कोर्इंराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुग्ने धरान १९ मा रहेको धनकुटे रोडको पुल निर्माण सम्पन्न भएको छ । आजदेखि उक्त क्षेत्रबाट सवारी साधानहरु आवजजात गर्न थालेका छन् । धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाले धनकुटे रोडको पुल बुधबार एक कार्यक्रम गरी उद्घाटन गरे ।

विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रवेशका लागी मुख्य सडकको पुल भत्किए पछि आवतजावतमा सबैलार्इ समस्या भएको थियो । उक्त पुल दुई त्रर्ष अघि नै भत्किएको थियो । मेयर सुब्वाको सकृयतामा पूल निर्माण गर्न स्थानिय निर्माण ब्यबासायी गोपाल श्रेष्ठलाई जिम्मा दिइएको थियो । आफ्नै लगानीमा श्रेष्ठले पुल निर्माण गरेको बताईएको छ । उनको लगानी भक्तानी गर्न सडक विभागलाई अनुरोध गर्ने मेयर सुब्वाले बताए ।

धरान–८ र १९ जोड्ने धनकुटे रोडको पुल २०७२ असोज ८ गते साँझ करिव सवा ८ बजे भत्किएको थियो । सडक डिभिजन कार्यालय विराटनगरले २०७३ जेठमा १८ महिना भित्र निर्माण कार्य सक्ने गरी धरानकै श्याम कन्ट्रक्सन निर्माण सेवालाई ठेक्का दिएको थियो । तर, निर्माणको जिम्मा पाएको श्याम कन्ट्रक्सनले बिचमै काम छाडेपछि पुल निर्मांण अलपत्र परेको थियो ।
१ करोड ३ लाखमा ठेक्का लागेको पुलको करिब ७७ लाख रुपैया लिएर ठेकेदार फरार भएपछि पुल निर्माण कार्य रोकिएको थियो । स्थानीय तहको निर्वाचनपछि मेयर तारा सुब्बा स्थानिय निर्माण ब्यबसायी गोपाल श्रेष्ठ र गणेश गुरुङलाई पुल निर्माण जिम्मेवारी दिएका थिए ।

स्थानिय निर्माण ब्यबसायी गोपाल श्रेष्ठले मेयरको निर्देशन अनुसार नै आफुहरुले काम गरेको बताए । पुल निर्माणमा हाम्रो करिब ८० लाख रुपैया खर्च भई सकेको छ, त्यो खर्च कहाँबाट फिर्ता हुन्छ भन्ने अन्योलता रहेको उनले बताए । पुल सञ्चालनमा आएपछि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागी आउने बिरामी तथा स्थानीयलार्इ सुविधा भएको छ । पुल अभावमा विपी प्रतिष्ठान विमारी लिएर आउने एम्बुलेन्सहरुलाई बाटो घुमेर आउनु पर्दा आधी घण्टा ढिला ेहुने गरेको थियो । ताप्लेजुङ, पाँचथर, इलामा, झापा, मोरङ, इटहरी, इनरुवा, उदयपुर, सप्तरी, सिरहाका विमारी लिएर विपी प्रतिष्ठान आउदा घुमाउरो बाटो जाँदा धरानको भानुचोकमा अत्याधिक ट्राफिक ज्याम समेत हुने गरेको थियो ।