धरान / सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न भागमा आज बिहान एक्कासि आएको असिना पानी र हावाहुरीका कारण तरकारी बाली र नर्सरीमा क्षति भएको छ । सदरमुकाम इनरुवासहित जिल्लाको कोसी, भोक्राहा, नरसिंह, गढी, बर्जु, हरिनगर, देवानगञ्जलगायतका गाउँपालिका र झुम्का, दुहबीलगायतका नगरपालिकामा आज बिहान एक्कासि आएको असिनापानी र हावाहुरीका कारण तरकारी बाली र नर्सरीमा क्षति भएको हो ।  बराह नगरपािलकाःगायत स्थानमा  टिनका घरहरु उडाएर लगेकाे ५ ।

असिना, पानी र हावाहुरीका कारण सुनसरीमा मात्र रु एक करोड मूल्य बराबरको क्षति तरकारी बाली, दलहन, रुख बिरुवा, आँप, लिचीलगायतका फलफूलमा क्षति भएको जिल्ला कृषि विकास कार्यालय सुनसरीले जनाएको छ । हावाहुरीका कारण जिल्लाका अधिकांश स्थानमा रुख बिरुवा ढलेर क्षतिग्रस्त बनेको स्थानीय चन्दन मेहताले बताए।
अचानक आज बिहान ४ः३० बजेदेखि शुरु भएको हावाहुरी र असिनापानीले केरा, लहरे बाली, तरकारी बाली र वन नर्सरी तथा रुख बिरुवामा क्षति पुगेको स्थानीय वीरेन्द्र मेहताले बताए ।
हावाहुरीले भित्र्याउन लागेको मकैबालीमा पनि क्षति पुगेको छ भने तरकारी बाली डुबानमा परेको कृषकले बताएका छन् । हावाहुरीले सिंगै रुख बिरुवा ढलेर सखाप भएका छन् भने केरा बाली पूर्णरुपमा सखाप भएको कृषकले बताएका छन् । हावाहुरीले जिल्लाका विभिन्न भागमा कैयौँ घर लडेर क्षतिग्रस्त भएको बबियाका शिक्षक देवकृष्ण यादवले बताए ।
उता हावाहुरीका कारण केही स्थानमा विद्युत् पोलमा समेत क्षति भएकाले बिहानदेखि विद्युत् अवरोध भएको छ । जिल्लामा आँप, कटहर, लिची र जामुनमा राम्रो फल लागेको भएपनि हावाहुरी र असिनापानीले ८० प्रतिशतमा क्षति पु¥याएको कृषकले बताएका छन् ।

हावाहुरीले कुखुरा फारमका ८ सय कुखुरा मरे,  १० घरको छाना उडायो

बुधबार विहानै आएको हावाहुरीले धरानका विभिन्न स्थानमा क्षति पुर्याएको छ ।
धरान–१७ स्थित नमुना सुन्दर बस्तीमा रहेको श्यामकुमार लिम्बूको कुखुरा फारमको छाना हावाहुरीले उडाउदा फारममा भएका करिब ८ सय कुखुरा मरेको छ । ८ सय कुखुरा मरेपछि लिम्बूको फारममा २ लाख भन्दा बढीको क्षति भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
त्यस्तै सोही बस्तीमा रहेका ८ वटा घरको छाना हावाहुरीले उडाएको छ । सुकमाया विकको सुकुम्बासी बस्तीमा रहेको ट्रष्टबाट बनाइएको घर हावाहुरीले ट्रष्ट सहित छाना उडाइदिएको छ । त्यस्तै राजकुमार चौधरी, माइला तामाङ, झरना राई, मुना श्रेष्ठ, कोपिला राई, सन्दीप राई लगायतको घरको छाना उडाएको धरान–१७ का वडाध्यक्ष मनोज भट्टराईले जानकारी दिएका छन् । यस्तै बराहक्षेत्र नगरपालिका १० मंगलबारेका विमला कार्की र केशरमान राईकाे घरकाे छना उढाएर लगेकाे स्थानीयले बताएका छन् ।

 तस्विर: बाबुराम कार्की