धरान / कवि विमल गुरुङ स्मृति पुस्ताकालयले कवि विमल गुरुङ स्मृति पुरस्कार कथाकार महेश पौड्यालको कथा संग्रह ‘त्यसपछि फुलेन गोदावरीलाई’ प्रदान गरेको छ ।
पुस्तकालयले बनाएको छनौट समितिले मनोनयनमा परेका ४ पुस्तकमध्ये पौड्यालको कथा संग्रहलाई छनौट गरेको थियो । सोमबार पुस्ताकालयले एकम कार्यक्रममको आयोजना गरि रु ५१ हजार राशीको पुरस्कार वितरण गरेको छ ।
पुस्तकालयले कवि विमल दिवंगत भएको दिन बैशाख २४ गते धरान उपमहानगरपालिकाका मेयर तारा सुब्वाको उपस्थितिमा वितरण गरेको हो । कृर्तिलाई मोफसलमा दिइन लागेको यो ठुलो धन राशीको पुरस्कार हो । ४२ वटा जम्मा कृतिमा छनौट समितिले ४ वटा मनोनयन गरि ४ वटा उत्कृष्ट एउटा छनौट गरेको हो ।
पुस्ताकालयका अध्यक्ष तथा विमलका वुवा पूर्णबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भाषाविद् प्राडा टंक न्यौपाने, नेपाली भाषाका प्राध्यापक डा. भोलानाथ पोखरेल, डा. भीम खतिवडा, डा गोपाल भण्डारीलगायतले विमलको साहित्यीक योगदानबारे बोलेका थिए ।
संग्रहले नेपाली ग्रामिण जनजीवनसँगै उत्तरपुर्वी भारतका नेपालीहरुको कथा साथै निम्न र मध्यम वर्गीय पात्रहरुको कथालाई समेटेको छ । यस्तै, भाषाशैलीमा परिपक्वता, वृद्धवृद्धा, बालमनोविज्ञानलाई यथार्थवादी शैलीमा पस्किए छ । पुरस्कारको लागि पौड्यालको कथा संग्रह ‘त्यसपछि फुलेन गोदावारी’, भिष्म उप्रेतीको कविता संग्रह ‘आधा उज्यालो’, प्रशन्न घिमिरेको कविता संग्रह ‘मिजोर’ र कल्पना कलापुञ्जको उपान्यास ‘सञ्जिवनी’ मनोनयनमा परेको थियो ।
पुस्तकालयले २०७४ साल(एक बर्षभित्र)को बैशाखदेखि चैत मसान्तसम्म देशभरबाट प्रकाशित कुनै पनि कृर्ति एवं पुस्तक पठाउन सुचना आह्वान गरेको थियो ।
लेखक, साहित्यकारहरुलाई प्रोत्साहन गर्न यो बर्षदेखि पहिलो पटक विमल स्मृति पुरस्कार दिइन लागेको पुस्तकालयकाल अध्यक्ष एवं विमलका बुबा पुर्णबहादुर गुरुङले बताए । पुरस्कारको राशी नगद ५१ ह्जार रहेको छ । धरान १८ , बुद्धचोकस्थित पुस्तकालयले हरेक बर्ष कवि विमलको जन्मदिनमा कार्तिक १९ गते प्रतियोगितात्मक राष्ट्रिय कविता महोत्सव गर्दे आएको छ । २०४८ सालमा मनमोहन अधिकारीको निर्वाचन क्षेत्र सुनसरी चुनाव प्रचारका लागि काठमाण्डौबाट धरान आउदै गर्दा विमलको दुर्घटनामा मृत्यु भएको थियो ।
तस्बिर छ ।