•  उत्साह पूर्ण मतदान

 धरान / सनुसरी क्षेत्र नं.१ अन्तरगत धरान उपमहानगरपालिका वडा नं. –६ स्थित सरस्वती उच्च मावि मतदान केन्द्रबाट १२ जना किरियापुत्रीहरुले मतदान गरेका छन् । उनीहरुले आफ्ना सहयोगिका साथ १ः३० बजे मतदान गरेका हुन । ५ दिन अघि बुवा गुमाएका पत्रकार रणध्वज लोहार, उनकी श्रीमति माया कट्वाल विक, दाई विनोद विक भाउजु देविका विकले मतदान गरेका छन् । देविका ६ नं. वडाकी वडा सदस्यसमेत हुन ।
यस्तै सोही मतदान केन्द्रबाट १७ गते आमाको मृत्य पछि दुखमा परेका हरि अधिकारी श्रीमति जमुना अधिकारीले मतदान गरेका छन् । यस्तै ७ दिन अघि आमाको मृत्युमा दुखमा बसेका शिव कट्वाल, श्रीमति कमला, दाजु नैन, भाउजु हर्कमाया, चन्द्रबहादुर र दुर्गाकुमारी कट्वालले मतदान गरेका छन् ।
राजनीतिक प्राणी भएकाले पहिलो पटक बन्न लागेको प्रदेशसभामा आफ्नो योगदान छु्ट्ने भएकाले आफु ७ जना परिवार नै लिएर मतदान गर्न आएको शिव कट्वालले बताए । ‘यो एतिहासिक काममा छुट्न हुदैन भनेर दुख बोकेर पनि हामीमतदानमा सहभागी भयौ ।’–कट्वालले भने– ‘हाम्रो मतले जितेर मुलुकमा स्थायी सरकार बनोस । मुलुक सम्वृद्ध बनोस यही आशा छ ।’
सुनसरीमा शान्तिपूर्ण मतदान भएको छ । धरान–१६ स्थित चन्द्रसस्कृत माविमा मतदान केन्द्रमा सुतली बम बिस्फोट गराए पनि धरान उपमहानगरपालिकासहितको सुनसरी निर्वाचन क्षेत्र नं १ मा उत्साहजनक मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।
विस्फोटको बेला केहीबेर मतदानस्थल बाहिर लामबद्ध मतदाताहरु त्रसित भए पनि स्कुलको मैदानमा मतदान गर्न पुगिसकेका मतदाताहरु भने निर्भयका साथ मतदानमा सहभागी भएका थिए । कुनै ठूलो क्षति नभएको कारण बाहिर लाममा लागेका मतदाताहरु पनि केहीबेरमा पुनः मतदान गर्न लामबद्ध भएका थिए ।
मतदानस्थलभन्दा करिब सय मिटर टाढा विद्यालयको कम्पाउण्डमा सुतली बम बिस्फोट भएकाले मतदान बिथोलिन नसकेको डीएसपी रामेश्वर पौडेलले बताए । सुनसरीका ४ वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण तवरमा निर्वाचन भएको छ ।
सुनसरी क्षेत्र नंं १ प्रदेश सभा खका उम्मेद्वार तथा नेकपा एमालेका सचिव सुनसरी क्षेत्र नं. ३ को इनरुवा नगरपालिकाको मधेशाबाट विहान ७ः३० बजे पहिलो मतदान गरेका छन् ।
यस्तै धरान–१५ स्थित शिक्षा सदन वाम गठबन्धनबाट सुनसरी क्षेत्रन नंं १ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार जयकुमार राईले मतदान गरेका छन् । प्रदेशसभा खका उम्मेद्वार प्रदिप भण्डारीले धरान–१६ बाट गरेका छन् । यस्तै बाणिज्य मन्त्रि मिन विश्वकर्माले धरान १५ बाट गरेका छन् । यस्तै विजयकुमार गच्छादारले दुहवीको भलुवा मतदान केन्द्रबाट मतदान गरेका छन् । उनकी प्रतिस्पधी भगवती चौधरीले दुहवकिो तनमुना केन्द्रबाट मतदान गरेकीछन् ।