धरान / धर्मको नाममा अनेक थरी अपराध । हिन्दु धर्मगुरु श्रीनिवासाचार्य आफैलाई गोली हान्न लगाएको आरोपमा पक्राउ परेका छन् । देशमा हिन्दु धर्म कायम गर्ने वातावारण सृजना गराउन भन्दै श्रीनिवासाचार्य आफैँले आफूलाई गोली हान्न योजना बनाएको प्रहरी अनुसन्धानबाट खुले पछि उनलाई काठमाण्डौबाट पक्राउ गरिएको छ ।
श्रििनवासाचार्यमाथि गोली हान्ने खोज िरहेको बेला प्रहरीले उनी आफैले आफुलाई गोली हान्न लगाएको तथय फेला परेको हो । उनकै योजनामा आफ्ना अङ्गरक्षक रहेका नवलपरासी गैडाकोट नगरपालिका ५ का ३२ वर्षिय माधब चौधरीले गोली प्रहार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । नवलपरासी गैडाकोट ५ का ३२ वर्षिय सन्तोष भन्ने लक्ष्मी राज अधिकारीले गोलीसहितको पेस्तोल उपलब्ध गराइदिएका थिए ।

गत चैत २५ गते राति मोरङको बिराटनगरमा भएको गोली प्रहारको घटना अनुसन्धानका क्रममा प्रहरीले श्रीनिवासाचार्यलाई काठमाडौँको विमानस्थल नजिकबाट पक्राउ गरेको थियो । मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीका अनुसार धर्मगुरुकै योजनामा गोली हान्ने र पेस्तोल उपलब्ध गराउने दुई युवासहित धर्मगुरुलाई मोरङ प्रहरीले सोमबार पत्रकार सम्मेलन गरी सर्वजानिक गरेको छ । मोरङको विराटनगर महानगरपालिका–१४ स्थित जतुवामा रहेको श्री रामजानकी मन्दिर परिसरमा लाग्ने श्रीमदभागवत सप्ताह पुराणका लागि मूख्य वाचकका रुपमा आएका बाराको सिमरा उपमहानगरपालिका–३ घर हो । उनी हाल सुनसरीको बराह नगरपालिका–६ स्थित चक्रघट्टीस्थित लक्ष्मी बैंकटेसको आश्रममा बस्दै आएका छन् । २४ वर्षीय श्रीनिवासाचार्यमाथि गत चैत २५ गते बिहानको राति १ बजेर ४५ मिनेटमा गोली प्रहार भएको थियो । गोली प्रहार पछि प्रहरीले अनुसन्धान जारी राखेको थियो ।