धरान / धरान उपमहानगरपालिका–५ देविगाउँमा स्थानीय महिलाहरुले जनश्रमदान गरेर ढेड किमी सडक तथा ड्रेन ३ महिनामै सम्पन्न गरर उदाहरणीय काम गरेका छन् । गत माघमा शुरु गरिएको उक्त सडकको शनिवार धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीले उद्घाटन गरिन । ठेकेदार कम्पनिलाई दिएको भए बर्षदिनमा पनि नसक्ने काम महिलाहरुको सकृयतामा ३ महिनामै सम्पन्न गरेका छन् ।
धरान बजारदेखि पूर्वमा पर्ने सेउती खोलाको काठेपुलदेखि देवीमार्ग हुदै देवीगाउँ सिरानसम्म ड्रेन निर्माण गर्न स्थानीय दुर्गालक्ष्मी राईको संयोजकत्वमा निर्माण समिति बनाइएको थियो । निर्माण उपभोक्ता समितिमा सबै महिलाहरु नै सदस्य रहेका छन् ।
महिलाहरुले ३६ फिट चौडा बाटो बनाएका छन् । यक्त बाटो निर्माण गर्न दैनिक ४०/४५ जना महिलाहरुले श्रमदान गरेको निर्माण उपभोक्ता समितिकी अध्यक्ष दुर्गालक्ष्मी राईले बताईन ।
शनिबार सडक तथा ड्रेनको अनुगमन गर्न पुगेकी धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारीले महिलाको नेतृत्वमा विकास निर्माणको उदाहरणीय कार्य भएको भन्दै प्रसंसा पनि गरिन । उनलाई नगरपालिकाले बजेट दिएको भन्दै उद्घाटन गर्न पुगेकी उपमेयरलाई १८ केजीको माला लगाएर स्वागत गरेका थिए । मेयर तारा सुब्वा अस्वस्थ्य भएर जान नसकेपछि आईतबार उनको कार्यकक्षमै आएर २२ केजीको माला लगाएर स्वागत गरे । ‘२० बर्षदेखि बाटो बन्ने चर्चा चले पनि स्थानीय तहमा जनप्रतिनीधि आउने वितिकै बाटो बनाउन बजेट दिएको भनदे स्थानयिले मेयर उपमेयरलाई सम्मान समेत गरेका हुन । मेयर सुब्वाले विकास निर्माणमा महिलाको उदाहरणीय काम भएको बताए ।
२० बर्षदेखि नवनेको सडक स्थानीय सरकारको सकृयतामा बने पछि उनीहरु खुशीले हौसिएका छन् । धरान नगरपालिकाले ८० लाख तथा स्थानीयको १९ लाख ९७ हजार लागतमा उक्त सडक तथा ड्रेन बनाइएको हो ।
यहाँका महिलाहरुले नेतृत्व गरेर राम्रो बाटो बनाएकोमा नगरप्रमुख तथा उपप्रमुख पनि खुशी भएका छन् । स्थानीय सरकारको बजेट राम्रो सदुपयोग भएको उदाहरण देविगाउँका महिलाहरले देखाएको नेकपा एमाले धरान उपमहानगर कमिटीका अध्यक्ष नारायण सुवेदीले बताए ।
सडक बनेर गाउँमा एम्बुलेन्स, स्कुलबस तथा टेम्पोहरु चल्न थाले पछि स्थानीय समाजसेवी पञ्चबहादुर कुलुङ आफु पनि शहरमे बसेको अनुभव भएको सुनाए । ‘हामी पनि सुगम ठाउँमै भएको अनुभुती भएको छ ।’–पञ्चबहादुरले भने ।
सडक निर्माण भएपछि हर्दिया, श्रीगाउ, पत्रङबारी, दानाबारी,सुमनटार, निसानडाँडा, याङसिला, टाकुरे, राजभणार तथा सतिघाटका बासिन्दा लाभान्वित भएको स्थानिय गोबिन्द बिकले जानकारी दिए । सडक बनेपछि स्थानीय कृषकहरुले उत्पादन गरेका कृषिजन्य उत्पादन अहिले कम ढुवानीमा धरान बजार ल्याउन सजिलो भएको स्थानीय बताउछन् ।

31958908_1906472909400075_5935162899151454208_n

31950085_1906471916066841_5879348596549091328_n