​इटहरी । इटहरीमा कुदिरहेको बसलाई लक्षित गरेर बम प्रहार भएको छ । धरानबाट जादै गरेकाे  मे १ ख २७३४ नं. को सुर्योदय यातायात बसलाई लक्षित गरेर बम प्रहार भएकाे हाे । 

बम प्रहारबाट केही यात्रु तथा बसका कर्मचारीहरुलाई छर्रा लागेको छ । धरानकी पुनम गौतमका ३ वर्षिय छोरा योजन र ८ वर्षकी छोरी हेलेनलाई छर्रा लागेको स्थानीयले बताएका छन् ।
बम मोटरसाइकलमा आएका केही व्यक्तिले प्रहार गरेको बताइएकाे छ । गाडीमा दुई स्थानमा प्वाल परेकाे छ । बमकाे अावाजले बसमा यात्रा गरिरहेका यात्रुहरु त्रसित भएका छन् ।

इलाका प्रहरीकार्यलय इटहरीका प्रहरी निरीक्षक  राजन कार्कीले घटनाको अनुसन्धान भइरहेको बताए । ​आज विव्लव माओबादीले बन्द आवहान गरेको थियो ।