सप्तरी / सप्तरीकाे प्रतिनिधि सभा २ काे महदेवा गाउँपालिका २ का ९६० मतदाता मतदान स्थलमा गएनन  । उनीहरुले अामरुपमा मतदान बहिष्कार गरेकाे बताइएकाे छ ।   स्यानीय सञ्चारकर्मी रामनारायण िवश्वासका अनुसार  स्वतन्त्र मधेस गठबन्धनका संयाेजक डा. सिके राउतकाे पैतृक गाउँ महदेवामा भाेट हाल्न अहिलेसम्म काेही गएका छैनन् । स्थानीयहरुले पटक पटक मत दिएर सबैलाई हेरेपनि विकास र राेजगारी कसैले ल्याउन नसकेकाे र झुठाे अाश्वासन मात्र दिएकाे उनीहरुकाे भनाई छ।

यता स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतलाई धनुषा प्रहरीले पक्राउ गरेको छ। उनलाई जनकपुरस्थित डेराबाट बिहान १० बजे पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी चक्रबहादुर सिंहले जानकारी दिए।

उनले टेलभिजनमा प्रत्यक्ष प्रसारणमार्फत् मधेसका जनतालाई चुनावमा सहभागी नहुन आह्वान गर्दै थिए। प्रत्यक्ष प्रसारणमा रहेकै बेला उनलाई प्रहरीले पक्राउ गरेको हो। राउतको स्थायी घर सप्तरी भएपनि उनी जनकपुर बस्दै आएका छन्। उनको गाउँमा अहिलेसम्म कुनै मत नखसेको बताइएको छ।