इटहरी / विजय गच्छदारको क्षेत्र सुनसरी क्षेत्र नं. ३ अन्तरगत गढी गाउँपालिका–६ मा स्थानीयलाई पैसा बाढ्दै गर्दा नेपाली काङ्ग्रेसका विन्देश्वर यादवलाई प्रहरीले पक्राउ गरेको छ । विहीबार विहान ५ बजे उनलाई जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो ।
स्थानीय कुशेश्वर खेरवारका अनुसार राती नै नेपाली काङ्ग्रेसले पैसा बाढेको खवर युवाहरुले थाहा पाएका थिए । प्रहरीलाई खवर गरिए पनि लुकेर बसे पछि प्रहरीले भेट्न सकेको थिएन । तर विहान ५ बजे स्थानिय सत्य नारायण उरावको घरबाट उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
यता बुधबार राती ११ बजे गढीगाउँपालिका–३ बाट नेपाली काङ्ग्रेसले स्थानियलाई बाढ्न लागेको २ बोरा मासुसमेत नेपाली सेनाले बरामद गरेको थियो ।  
वाम गठबन्धनकी उम्मेद्वार भगवती चौधरीको पक्षमा जनलहर बढे पछि विजय गच्छेरदारले गाउँगाउँमा मासु रक्सी खुवाउने तथा पैसा बाढ्न काम गरेको कुशेश्वर खेवारले जानकारी दिए ।