वैजु जोशी
राजविराज– प्रहरीले राजविराज नगरपालिकाका एक कर्मचारीलाई पक्राउ गरेको छ । किर्ते नागरिक्ता वनाउन संलग्न भएको आरोपमा सव इन्जिनियर राजकुमार देव पक्राउ परेका हुन् ।
जिल्ला अदालतवाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको डिएसपी ध्रुवकुमार श्रेष्ठले वताए । सोहि प्रकरणमा संलग्न भएको आशंकासहित प्रहरीले पक्राउ सुचिमा राखेका केहि कर्मचारी फरार छन् ।
नगरपालिका र प्रशासन कार्यालयका मिलेर सुनसरीका सतिश अग्रवाललाई राजविराजवाट किर्ते नागरिक्ता प्रदान गरिएको र सोहि नागरिक्ताका आधारमा अग्रवालले पटक पटक प्रतिलिपी निकालेको प्रहरीले जनाएको छ ।
पछिल्लो पटक २०७३ मा प्रतिलिपी निकालेका अग्रवालको सक्कल नागरिक्ताको रेकर्ड फेला नपरेको डिएसपी श्रेष्ठले वताए । प्रतिलिपी सिफारिसमा नगरपालिकाका देवको हस्ताक्षर भेटिएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्र वहादुर कार्कीले पनि अग्रवालको नागरिक्ता प्रतिलिपीका लागि सिफारिस दिएको रेकर्ड कार्यालयमा फेला नपरेको जनाएका छन् ।