धरान /  प्रदेश नम्बर १ को पर्यटन हब धरानलाई बनाएर पुर्व क्षेत्रको पर्यटन विकासमा ध्यान पु¥याउन एक कार्यक्रममा सहभागीहरुले माग गरेका छन् ।

धरानमा शुक्रबार पर्यटन प्रवद्र्धनका लागि सरोकारवालासंग भएको अन्तरक्रिया कार्यक्रममा पर्यटक व्यवसायीहरुले स्थानीय तहमा पाईने पर्यटकीय वस्तुहरुको पहिचान गर्री प्रवद्र्धन र विकाश गर्नुपर्ने आवश्यक्ता रहेको औल्याएका छन् । विराट क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिती काकडभित्ताले आयोजना गरेको कार्यक्रममा १ नं. प्रदेशमा अवस्थित राष्ट्रिय सम्पदाहरुको प्रचार–प्रसार गरि आन्तरिक तथा बाह्य पर्यटन बजारलाई आकर्षित गर्न आवश्यक रहेको औल्याइएको थियो ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै विराट क्षेत्र पर्यटन प्रबद्र्धन विकास समितिका अध्यक्ष डिल्लिराम शर्मा अधिकारीले प्रदेश नम्बर १ मा वार्षिक रुपमा १० लाख पर्यटकहरु आउने गरेकोे तथ्याङ्क आफुहरुसँग भएको बताएका थिए । उनले पर्यटकहरु औषतमा १३ दिन बस्ने गरेको र प्रतिदिन प्रतिव्यक्ति ५३ डलर खर्च गर्ने गरेको तथ्याङ्क रहेको जानकारी गराएका थिए । धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा धरानले गर्न लागेको इष्ट टुरिज्जम मेला पूर्वको पर्यटन प्रवद्र्धमा महत्वपूर्ण हुने बताउका थिए ।पर्यटनको ठुलो सम्भावना प्रदेशमा भए पनि पर्यटकहरुलाई पर्यटकीय क्षेत्रहरुमा पु¥याउन नसक्दा त्यसबाट यथोचित लाभ लिन नसकेको गुनासो सहभागीहरुले गरेका थिए । बहुउद्देश्यीय योजनाहरु लागु गर्दै प्रदेशका पर्यटकीय क्षेत्रहरुको विकाश गर्न सके मात्रै प्रदेश नम्बर १ लाई पर्यटनको मुख्य आधार बनाउन सकिने एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । कार्यक्रमा प्रदेश १ का पर्यटन व्यवसायीहरुकाे सहभागीता रहेकाे थियाे ।