धरान / नेपाल कपडा तथा सिलाई व्यवसायी संघ संघर्ष समिति धरान उपमहानगर कमिटीले केही व्यक्तिले आफ्नो निहित आर्थिक स्वार्थको निमित्त अस्वस्थ्य प्रतिस्पर्धाको सिर्जना गर्न खोजेको र व्यावसायीलाई व्यावसाय गर्न असहज परिस्थिति सिर्जना गराएकोप्रति संघको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
बिचौलियाले कपडा किन्न आउने ग्राहकहरुलाई टेर्लस बोलाईदिन्छु वा टेलर्समा पु¥याई दिन्छु भनेर कपडासहित ग्राहकलाई टेर्लस वा बुटिकसम्म पु¥याई दिने गरेको र जसबापत उनीहरुले ५ सयदेखि २ हजारसम्म कमिसन लिने गरेको नेपाल कपडा तथा सिलाई व्यवसायी संघ संघर्ष समिति धरान उपमहानगर कमिटीका अध्यक्ष इम्तीयाज अलिले बताए ।
बिचौलियालाई कमिशन दिनुपर्ने कारण ग्राहक वर्गले कपडा सिलाउँदा ज्यालामा पसलेले तोकेको भन्दा बढी रकम तिर्नु परिरहेकोले ग्राहकहरूले पनि आफ्नो टेर्लस आफै रोज्नुपर्ने नगर अध्यक्ष अलिले बताए ।
दर्ता नगराएका र अन्तर्रा्ष्ट्रिय स्तरबाट आएर कपडा पसलसँग सहकार्य गरेर कमिसन खाइरहेको विचौलियाले गर्दा राज्यलाई कर तिरेर बसेका व्यावसाय मारमा परेकोले भन्दै यस्तै अस्वस्थ्य प्रतिस्पर्धा विरुद्ध तालाबन्दकिो कार्यक्रम गर्ने समितिले चेतावनी दिएको छ ।
प्रत्येक पसलमा रेट लिष्ट, रेटभन्दा फरक दरमा कार्य गरेको पाईएमा ५ हजार जरिवाना लिइने, हरेक टेर्लस कार्वन विलको प्रयोग गर्नुपर्ने र अनिवार्य सम्बन्धित निकायमा दर्ता गरीएको दर्ता पत्र राख्नुपर्ने बताईएको छ । यदि यसो नगरेको खण्डमा आवश्यक कार्वा्हिका साथै जरीवाना समेत लाग्ने बताईएको छ ।
धरानमा हाल जम्मा १५० वटा टेर्लस र बुटिकहरू रहेकोमध्ये ६८ टेर्लस र बुटिक संघर्ष समितिमा आबद्ध भएको नगर अध्यक्ष अलिले बताए । लगभग धरानमा मात्र १५ देखि २० सम्म दर्ता नगराई राज्यको कर छलि ग्राहकबाट मनोमानि ढङ्गबाट ठगी गरीरहेको टेर्लस रहेको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । पत्रकार सम्मेलनमा संघका केन्द्रीय सदस्य फिराेज अली र प्रदेश संयाेजक हरी पाखरेल दर्जीलगायतकाे उपस्थिति रहेकाे थियाे ।