धरान / सुनसरीको हरिनगर गाउँ पालिका वडा १ मा तीन महिने सिलाइ कटाइ तालिम संचालन गरिएको छ । हरिनगर गाउँ पालिका वडा १ को सहयोग र दावत एन्ड इर्शाद सेन्टर नेपालको सहकायृमा शुरु गरिएको तामिमा ग्रामीण भेगमा रहेका १५ जना दलित किशोरीहरुको सहभागीता रहेको वडा नम्बर १ का वडा अध्यक्ष अब्दुल लतिफ अन्सारी मियाले जानकारी दिए ।
उनीहरुलाई दुई जना प्रशिक्षकहरुले तीन महिनासम्म तालिम दिने छन् । तालिम पछि उनीहरु ऋाफै पसल खोल्न सक्षम हुने आयोजक संस्था दावत एन्ड इर्शाद सेन्टर नेपालका अध्यक्ष मो . शमसिर आलम अन्सारीले बताए । तालिमको उद्घाटन विहीबार गरिएको हो ।