धरान / धरान उपमहानगरपालिकाले वडा कार्यालयहरुबाट बिद्युतीय लेखा प्रणालीबाट राजश्व संकलने गर्न शुरु गरेको छ । धरान उपमहानगरपालिकाले बुधबारबाट धरान १७ र ४ नम्बर वडाबाट एकैसाथ ‘बिबिध’ शिर्षकमा लिइदै आएको राजश्व वडा कार्यालयले बिद्युतीय प्रणालीबाट लिन शुरु गरेको हो ।
यो प्रणालीको सुरुवातले उपमहानगरमा पारदर्शीता कायम गर्ने उपमहानगरका प्रमुख तारा सुक्वाले बताए । धरानका प्रत्येक वडा कार्यालयका सेवाहरु बिद्युतीय प्रणालीबाट उपलब्ध गराउन नगर सरकार प्रयासरत रहेको उनले बताए । १७ नम्बर वडा अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज)ले वडाका सबै काम विद्युतीय प्रणालीबाट गरिने बताए ।