धरान / भनिन्छ, संसारमा असम्भव भनेको केही छैन् । मानिसमा इच्छा शक्ति भयो भने असम्भव काम पनि फत्ते गर्न सकिन्छ । यो उदाहरण बनेका छन् धरानका यातायात मजदुर र केही पत्रकारहरु । धरानका यातायात मजदुर र पत्रकारहरुको अगुवाईमा निर्माण गरेको घरमा धरान १५ निवासी असतm पुण्य प्याकुरेललाई सोमबार हस्तान्तरण गरिएको छ ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय अध्यक्ष एवं औजार राष्ट्रिय दैनिक धरानका प्रधान सम्पादक भीम राई ज्वालाको प्रमुख आतिथ्यतामा प्याकुरेललाई गृह प्रवेश गराइएको हो । गृह प्रवेश कार्यक्रममा नेकपा एमालेका धरान उपमहानगर विशेष इलाका कमिटी धरानका अध्यक्ष नारायण प्रसाद सुवेदी, धरान १५ का वडाध्यक्ष नरेश इवारम, सुनसरी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गिरीधारी सापकोटा, प्रेस चौतारीका केन्द्रीय सदस्य देबेन्द्र कार्की, औजार दैनिकका कार्यकारी सम्पादक रणध्वज लोहार, प्रेस चौतारीका सुनसरी सचिव विकाश राई, मजदुर नेताहरु लक्ष्मी वानियाँ ,कमल भट्टराई, रविन गिरी , गोविन्द गिरीलगायतको सामुहिक उपस्थितीमा गृह प्रवेश भएको हो ।
गृह प्रवेश गराइएपछि प्रमुख अतिथी भीम राई ज्वालाले सानै काम भए पनि त्यसले दुरगामी असर पु¥याउने भएकाले पुण्यको घर वनाउन सहयोग गर्ने सवैलाई धन्यवाद दिए । सुनसरी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गिरीधारी सापकोटाले पत्रकार र मजदुरले गरेको सामाजिक कार्यको प्रंसशा गर्दै यस्ता कार्य समाजमा अनुकरणीय भएको वताएका छन् । गृह प्रवेश गरेका असतm प्याकुरेलले कोठाभित्रको जिन्दगीबाट महलको जीन्दगीमा वस्ने रहर पुरा भएको वताए । उनले भने , मेरा लागि जीवन नै यही हो, म वाँच्दिन थिए होला तर घर वनेको हौसेलाले अव दीर्घ जीवन जीउने भए , मेरा लागि र परिवारको जीन्दगी सुखी भयो ।
गृह प्रवेश कार्यक्रममा घर निर्माण समितीका संयोजक कमल भटटराईले नगद र जिन्सी गरेर जम्मा ६ लाख ७४ हजार २ सय ५० रुपैयाँ संकलन भएको जनाइएको छ । अझै २५ हजार सहयोग संकलन हुन वाँकी छ । घर निर्माणको लागि ४ लाख १० हजार रुपैया खर्च भएको समितीले सार्वजनिक गरेको छ । घर निर्माणको खर्च कटाएर अझै ६४ हजार रुपैयाँ वचत भएको छ । सो रकमले प्याकुरेलको घर र जीविकोपार्जनको निम्ति व्यवसाय संचालनमा सहयोग गर्ने बताए । घर निर्माण समितीका सदस्य सचिव विकास चाम्लिङ राई अनुसार ३ कोठा सहितको पक्की घर निर्माण भएको हो । असतm प्याकुरेल २ वर्ष अघि सवारी दुर्घटना परी उनको कम्मरदेखि मुनिका भाग चल्दैन । उनी ओछ्यानमा छन् । एक छोरी र छोरा सहित श्रीमती परिवार रहेको छ । यसअघि उनी आफन्तकोमा शरण लिएर वस्दै आएका थिए ।

31206393_1785998031423182_2821099652169217289_n

  IMAG7125_1

31164072_2163513896993814_5547912507256995840_n

31271215_2163515053660365_3444921232930111488_n

31144272_2163513706993833_5231299294996201472_n

31124811_2163513900327147_8680129944598085632_n

31230568_1374318369336052_8042985430854148981_n

31162313_1374317786002777_3414716321021681839_n