धरान / धरान उपमहानगरपालिकाभित्र रहेका सुकुम्बासी बस्तीहरुमा जनता आवास कार्यक्रमको नाममा केही राजनैतिक दलहरुले भ्रम छर्ने कार्य गरेको भन्दै उपमहानगर प्रमुख तारा सुब्बाले स्थानीय सरकारसँगको समन्वयविना गरिएको कार्य निर्वाचनको मुखमा जनतालाई भ्रम छर्ने काम भएको भन्दै आपति जनाएका छन् । मंगलबार साँझ बिज्ञप्ति जारी गर्दै प्रमुख सुब्बाले प्रदेस सभा र केन्द्रिय प्रतिनिधी सभा निर्वाचनमा आफ्नो पक्षमा मत तान्न सुकुम्बासी तथा दलित बस्तीहरुमा गलत र भ्रमपुर्ण गतिबिधी गरेर जनता झुक्याउने कार्य स्थानीय सरकारको समन्वय विना भएको भन्दै सुकुम्बासीहरुलाई भ्रममा नपर्न आग्रह गरेका छन् ।
जनता आवास कार्यक्रम अन्र्तगत अमुख राजनैतिक दलका नेता तथा कार्यकर्ताले सुकुम्बासीको नाम संकलन गर्ने,नक्कली फारम भराउने जस्ता कार्य गरेको पाइएको भन्दै विज्ञप्तिमा त्यस्ता कार्यहरु जनतालाइ झुक्याउन खेलिएको फोहोरी खेल भएको बताइएको छ । अहिले धरान उपमहानगर क्षेत्र भित्र त्यस्ता कुनैपनि कार्यक्रम र योजनाहरु सञ्चालनमा नरहेको समेत विज्ञप्तिमा स्पस्ट पारिएको छ ।
‘विहीबार हुने प्रदेस सभा तथा केन्द्रिय प्रतिनिधी सभाको दोश्रो चरणको निर्वाचनमा जनताको मत तान्नलाई गरिएको फोहोरी कार्यको रुपमा अफुले बुझेको प्रमुख सुव्वाले बताए । ‘ आफुले रुचाएको उमेद्धार र राजनैतिक पार्टिीलाई मतदान गर्न पाउने आफ्नो अधिकारलाई पुर्ण रुपमा उपयोग गर्नपनि म नगरबासीमा आग्रह गर्दछ– उनले भनेका छन् ।
केन्द्रिय सरकारले सञ्चालन गरेको जनता आवास कार्यक्रम कुनै दलको नेता वा कुनै समुहले भनेको ठाउँमा नबन्ने भन्दै उनले त्यस्ता खाले भ्रममा नपर्न सुकुम्बासीहरुलाई आग्रहपनि गरेका छन् । स्थानिय सरकार सञ्चालन ऐन २०७४ ले स्थानिय तहमा कुनैपनि सरकारी वा गैर सरकारी कार्यक्रम वा योजना सञ्चालन गर्दा अनिवार्य स्थानिय सरकारसँग राय,परामर्श लिई समन्वय गरेर मात्र सञ्चालन गर्न पाउने ब्यबस्था गरेको भन्दै विज्ञप्तिमा अहिले धरान नगर क्षेत्रका कुनैपनि ठाउँमा जनता आवास कार्यक्रमको नाम संकलन गर्ने तथा फारम बितरण कार्य नभएको पनि विज्ञप्तिमा स्पष्ट पारिएको छ । कहि त्यस्तो कार्य भएको भए उक्त कार्य गलत भएको विज्ञप्तिमा भनिएको छ ।
केहि दिन अघि नेपाली काङग्रेसका केन्द्रिय सदस्य तथा बहालवाला वाणिज्य मन्त्रि मिन विश्वकर्माले जनता आवास कार्यक्रम आफुले ल्याएको भन्दै धरानको चुनावी कार्यक्रमा भाषण गरेका थिए । त्यही अनुरुप काङ्ग्रेस कार्यकताहरुले सुकुम्वासीहरुलाई घर बनाईदिने भन्दै फारम भराएको आरोप लागेको थियो । सोमबार र मङगलबार लोकतान्त्रीक गठबन्धनकाका केही नेता र कार्यकर्ताले धरान १५ को त्रिबेणी चौक आसपासमा जनता आवास कार्यक्रम अन्र्तत घर बनाई दिने भन्दै सुकुम्बासीको नाम टिप्ने,र फारम भराउने कार्य गरेको गुनासो आएपछि स्थानिय प्रसाशन र अन्य राजनैतिक दलले त्यस क्षेत्रमा निगरानी बढाएका थिए ।
माधब नेपाल प्रधानमन्त्रि भएको बेला जनता आवास कार्यक्रम ल्याइएको थियो । काङ्ग्रेसले यस कार्यक्रमलाई यति बेला चुनावी मुद्धा बनाएर सुकुम्वासीहरुसँग भोट मागिरहेको आरोप एमालेले लगाएको छ ।