धरान /  किरातहरुको देविस्थान निर्माणका लागि धनकुटाको चौविसे गाउँपालिकामा शुक्रबार देवसार समारोह सम्पन्न भएको छ । उक्त समारोहका प्रमुख अतिथि १ नं. प्रदेशका सभामुख प्रदिपकुमार भण्डारी रहेका थिए । आत्मानन्द लिङ्देनको उपस्थितिमा आयोजना गरिएको भेटी अर्पण कार्यक्रममा १० फुट गहिरो खाल्डो खनेर उक्त खाल्डो भरी पैसा राखिएको थियो ।
निर्माण समितिका अध्यक्ष जगत चेम्जोङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि भण्डारीले नेपालको संविधानले सबै जातजाती धर्म समुदायको हक अधिकार सुनिश्चित गरेको जानकारी दिए । आफ्नो धर्म संस्कृति भाषा त्यो जाती र समुदायको पहिचान भएकाले सबैले संरक्षणमा ध्यान पु¥याउनु पर्ने बताए ।
कार्यक्रममा मुध्धुमविद् डा. चन्द्रकुमार शेर्मा, संसद मिरन राई,विनादेवि राई, किरात धर्म साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष खगेन्द्र सिंह थेगिनलगायतको उपस्थिति रहेको थियो ।