इटहरी /  मोरंगको गछिया पुलमा शंकास्पद वस्तु फेला परेको छ । प्लाष्टिकभित्रको उक्त वस्तु बम भएको आशंका गरिएको छ । मंगलबार बिहानै उक्त वस्तु देखिएपछि अहिले गछिया पुलमा आवागमन रोकिएको छ । पुलको दुवैतर्फ मानिसहरुलाई रोकिएको छ । 
प्रहरीले सवारी अागमन राेकी बम डिस्पोजको लागि नेपाली सेनालाई खवर गरेकाे स्थानीयले बताएका छन् । ।मंगलबार विप्लब माओवादीले बन्दको आह्वान गरेको थियो । बिप्लप नेता किरण राइ लगायतका नेतालाइ प्रहरीले पकाउ गरेको बिरोधमा अाज नेकपा माअाेवादी विप्लपले कोशि मेचि र सगरमाथा अन्चल बन्द भन्दै यस अघि नै विज्ञप्ती जारी गरेकाे थियाे । विज्ञप्ती माअाेवादी पूर्वी कमाण्ड इन्चार्ज विरहीले हस्ताक्षर गरी जारी गरेका थिए । बम साेही समुहले राखेकाे हुनसक्ने प्रहरीले अनुमान गरेकाे छ ।