चैनपुर /    बाेधि जाग्रित महिला संस्था चैनपुरकाे अायाेजना तथा जिल्ला समन्वय समिति खाँदबारीकाे सहयाेगमा शनिबार देखि चैनपुरमा चार दिने उदघाेषण तालिम शुरू भएकाे छ ।                                                

तालिमकाे उदघाटन जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले गरे । तालिमकाे सहजिकरण प्रेस चाैतारी नेपालका केन्द्रीय सदस्य देबेन्द्र कार्कीले गरेका छन् ।संस्थाकी अध्यक्ष मनमाया तामाङकाे अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रममा जि स सकी उपप्रमुख अम्विका भुजेल, याेजना अधिकृत मित्रदेव लम्साल, चैनपुर नगरपालिकाका ७ नं वडा अध्यक्ष पदमकुमार तामाङ, ६ नं वडा अध्यक्ष नेत्र डागीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूकाे उपस्थिति रहेकाे थियाे । क्षमता अभिवृद्वि गर्ने उद्धेश्यले अायाेजना गरिएकाे तालिममा विभिन्न सामाजिक संघ संस्थाका अध्यक्ष सचिवहरू सहित २८ जनाकाे सहभागिता रहेकाे छ । तालिमकाे समापन चैत 2७ गते हुने अायाेजकले जनाएकाे छ ।