विराटनगर / इस्लामी संघ नेपालको १७ महाधिबेशन विहीबारदेखि विराटनगरमा शुरु भएको छ । महाधिबेशनको उद्घाटन प्रदेश नं. १ का सभामुख प्रदिपकुमार भण्डारीले गरेका छन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथिसमेत रहेका सभामुख भण्डारीले नेपाल विश्वमै धार्मिक सहिष्णुता भएको अनुपम नमुना देश भएको बताए । उनले यहाँ विविध जाती, भाषा, संस्कृतिविच एक आपसमा भाईचाराको सम्बन्ध गासी बसोवास गरेको देश भएको बताए । ‘नेपालमा जस्तो सहिष्णुता भाईचार सम्बन्ध गासेर सबै धर्म संस्कृति मान्ने मानिसहरु भएको देश विश्वमा कही छैन् ।’–सभामुख भण्डारीले भने । संविधानले सबै जाती धर्म संस्कृति मान्ने व्यक्तिहरुको अधिकार सुनिश्चित गरेको स्मरण गराउदै अव प्रदेश स्तरबाटै कानुन बनाएर सीमाङ्कृत जाती समुदायका अधिकार सुनिश्चिताका लागि प्रदेश सभा लागि परेको सभामुख भण्डारीले जानकारी दिए । संविधानले कुनै धार्मिक भाषिक क्षेत्रलाई विवेद नगरेको स्पष्ट पार्दै मुलुकको सम्वृद्धिका लागि सबै एक भएर लाग्न आग्रह गरे ।
शनिवारसम्म चल्ने महाधिबेशनको अध्यक्षता संघका केन्द्रीय अध्यक्ष मौलाना खुशी आलामले गरेका थिए । कार्यक्रममा प्राध्यापक डा. इमरान अन्सारीले जवसम्म नागरिकमा नैतिक तथा चरित्रवान हुदैन तवसम्म मुलुकको विकास सम्भव नभएको बताए । उनले नागरिकलाई नैतिक चरित्रवान बनाउन इस्लामीक संघले महत्वपूर्ण भूमिकका खेलेको स्मरण गराए ।
कार्यक्रममा डा. नजरुल हसन, मौलाना महजुल हसन, स्वराज अहमद, हसन अली, प्रदेश नं. १ का संसद उपेन्द्र अहमदलगायको उपस्थिति रहेको थियो । शनिवार नयाँ कार्यसमिति चयन गरेर अबिधेशनको समापन गरिने अध्यक्षआलमले जानकारी दिए ।