धरान / जनताको प्रत्यक्ष सहभागीतामा मुलुकमा संचालन भईरहेका सहकारी संस्थाहरुले शेयर सदस्यहरुको सामाजिक, आर्थिक तथा सांस्कृतिक उन्नती गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको प्रदेश नं. १ का सभामुख प्रदिपकुमार भण्डारीले बताएका छन् ।
मंलगबार धरानस्थित सभागृहमा ६१ औं राष्ट्रिय सहकारी दिवस मनाउन जिल्ला सहकारी संस्था सुनसरीले आयोजना गरेको वृहत कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख भण्डारीले झण्डै ६० हजार भन्दा बढि व्यक्तिहरुलाई एकताबद्ध गरि आर्थिक सवृद्धिका लागि क्रियाशिल सहकारीलाई बजबुत बनाउन प्रदेश सभाको समेत ध्यानाकर्षण भएको बताएका छन् । ‘ सहकारी हरुले छरिएको पूजीलाई एकित्रित गरी स्थानीय सीप, प्रयोग गरेर जनतालाई स्वबलम्वि र आत्म निर्भर बनाएको छ । त्यही भएर सरकारले तीन खम्वे अर्थ नीति अवलम्बन गरेको छ ।’–सभामुख भण्डारीले भने –‘मुलुकको आर्थिक क्रान्तिका लागि भूमिका निर्वाह गर्दै आएको सहकारीमा भएका वेथिती र कठिनाई प्रति प्रदेशसभाको ध्यानकर्षण भएको छ ।’
सभामुख भण्डारीले २०१३ सालदेखि चितवनमा बरवानपुर सहकारी संस्थाको स्थापनासँैे सहकारीहरुको सहकारीको विकास भएको जानकारी दिदै २०४८ सालमा ऐन बनी साझा संस्थाको रुपमा सहकार िशुरु भएको बताए । उनले देशभर ३४ हजार ५१२ सहकारीका ६३ हजार शेयर सदस्यहरु रही ६३ अर्व शेयर पुजीको कारोवार रहेको जानकारी दिए ।
कार्यक्रममा जिल्ला सहकारी संघ सुनसरीका अध्यक्ष दामोदर कोईरालाले जिल्लामा ६ सय ७६ सहकारीहरु रही १ अर्व १६ करोडको शेयर रहेको जानकारी दिए । सहकारीहरुबाट ३ हजारले प्रत्यक्ष रोजगारी पाईरहेको उनले जानकारी दिए ।
उत्कष्ट सहकारी अभियान्ता सम्मानित
कार्यक्रममा क्षेत्रका उत्कृष्ट सहकारी तथा जिल्लाका सहकारी अभियान्ताहरुलाई सम्मान समेत गरिएको थियो । सहकारी अभियान्ताहरु शिवकुमार डाागी, खेमराज दाहाल, खम्बसिंह गुरुङ, श्रीप्रसाद आचार्यलगायतलाई प्रमुख अतिथि सभामुख भण्डारीले सम्मान गरेका थिए ।
उत्कृष्ट सहकारीलाई पनि सम्मान
यस्तै जिल्लाका ६ वटा क्षेत्रमा रहेका सहकारीहरुलाई समेत सम्मान गरिएको थियो । धरानबाट पिण्डेश्वर बचत तथा ऋण सहकारी संस्था, रामधुनकिो झुम्का बहुउद्देश्य सहकारी संस्था, दहवीको प्रगती बचत तथा ऋण सहकारी संस्था, देवानगञ्जको एकता पशुपालक कृषी सहकारी संस्था, भोक्राहको मिथिला सहकारी संस्थालगायतलार्य सम्मान गरिएको संघका बरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक नरेश इवारामले जानकारी दिए ।
यस्तै उत्कृष्ट कृषी सहकारी कामधेनु सहकारी, महिला सहकारीबाट आागन सहकारी संस्था रामधुनी घोषित भएका छन् ।

30007747_10214586224082190_1771162590_n

  30008006_10214586223962187_378811134_n 29855694_10214586223882185_1880901610_n 1