राजविराज– ‘दिगो आर्थिक विकासको लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने नाराका साथ मंगलवार सप्तरीमा ६१औं राष्ट्रिय सहकारी दिवस मनाईएको छ ।
जिल्ला सहकारी संघ लिमिटेड सप्तरीको आयोजनामा जिल्लाका ९ नगरपालिका सहित १८ वटै स्थानीय तहवाट सदरमुकाम राजविराजमा जम्मा भएका सहकारीकर्मीहरुले मुलुकको तिव्र विकासका लागि सहकारीले नेतृत्व गर्नुपर्ने धारणा राखे ।

स्थानीय, प्रदेश र संघिय सरकारले सहकारीलाई सकारात्मक सहयोग गरे सर्वधारण नागरीकको आर्थिक तथा समाजिक विकासमा अपेक्षाभन्दा वढि परिवर्तन गर्न सकिने उनीहरुको धारणा छ । तर मुलुक संघिय संरचनामा गएपछि स्थानीयका कृयाकलापले सहकारी संस्था र किसानहरुनै अन्यायमा परिरहेको उनीहरुको गुनासो छ ।

मुलुक संघिय संरचनामा अघि वढेपनि स्पष्ट कानुन अभावमा किसानहरु प्रत्यक्ष मारमा परेको त्रियुगा सहकारी संस्था फत्तेपुरका अध्यक्ष शम्भुवहादुर खडकाले वताए । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले सहरकारीलाई नियमन गर्ने अधिकार स्थानीय तहलाई दिए पनि कृयाकलाप चै त्यो अनुसार नभएको खड्काले गुनासो गरे ।

मनकामना सहकारी संस्थाकी संचालक श्याममायाँ रोकाले सहकारी संस्थाले आफु मोटाउने भन्दा पनि सदस्य र किसानलाई वलियो वनाउने गरी कृयाकलाप सञ्चालन गर्नु पर्ने वताईन् ।

जिल्ला सहकारी संघ सप्तरीका अध्यक्ष विनोद दत्तको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश सभा सदस्यहरु गोविन्द न्यौपाने र रुवी कर्ण, जनज्योति सहकारी संस्थाका विश्वनाथ यादव, आदर्श दुग्ध सहकारी संस्थाका दुर्गा भट्टराई, जनमुखि सहकारी संस्थाका सचेन्द्र दास, दुग्ध उत्पादक सहकारी संघका भुवन आचार्यलगायतले पनि वोलेका थिए ।

कार्यक्रमका प्रमुख अतिथी तथा प्रदेश २ का भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले किसानहरुको सहजताका लागि वातावरण वन्ने खालको कानुनु वनाउन सरकारले कुनै कसर वाँकी नराख्ने वताए ।