धरान / प्रदेश नं. १ का सभामुख प्रदीपकुमार भण्डारीले प्राविधिक र जीवन उपयोगी शिक्षा आजको आवश्यकता भएको बताएका छन् । प्राविधिक शिक्षाले मात्रै नागरिकहरु स्वरोजगार हुने र देश समृद्धिको बाटोमा जाने सभामुख भण्डारीले बताएका छन् धरान–१५ स्थित शिक्षा सदन माविको नयाँ निर्मित भवन उद्घाटन गर्दै सभामुख भण्डारीले यस्तो बताएका हुन ।

उनले शिक्षक विद्यार्थी र अभिभावककाे समन्वय र सहकार्यबाट मात्र शिक्षाकाे गुणस्तर उकास्न सकिने बताउदै बालबालिकाहरुकाे शिक्षाका लागि शिक्षक र अभिभावक जिम्मेवार हुन अाग्रह गरे ।
लामो समय सोही विद्यालयमा प्रध्यापन गरेका भण्डारीले शिक्षालाई समय सापेक्षा बनाउन प्रदेश सभाले कानुन निर्माण गरिरहेको जानकारी दिए ।
भूकम्पले भवन चर्किए पछि विद्यलायले नयाँ भवन निर्माण गरेर आईतबार उद्घाटन गरेको हो । विद्यालयका प्रधानाध्यापक अमर बस्नेतकाे अध्यक्षता उक्त कार्यक्रम भएकाे थियाे । कार्यक्रममा पूर्व माननीय कृष्णकुमार राई, प्रदेश सभा सदस्य सावित्रा जाेशीलगायतकाे उपस्थिती रहेकाे थियाे ।