धरान / प्रदेश नं. १ का सभामुख प्रदीपकुमार भण्डारीले प्राविधिक र जीवन उपयोगी शिक्षामा आजको आवश्यकता भएको बताउँदै यस्तो शिक्षाले मात्रै देश समृद्धि र विकासतर्फ लाग्ने बताए ।
धरान–१६ स्थित नवोदयरयुएन कलेजको ७ औं वार्षिकोत्सव, सम्मान तथा विदाइ कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । कार्यक्रममा मोफसलमै रहेर मूर्तिकला र रङ्गमञ्चको क्षेत्रमा साधनारत् राष्ट्रिय कलाकार विक्रमश्रिलाई विशेष सम्मान गरिएको थियो ।
कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको थियो । पूर्वाञ्चल टप गर्ने बिबिएस चौथो वर्षकी फुर्वा शेर्पा (७८ प्रतिशत) लाई नगद ५ हजार रुपैयाँसहित सम्मान गरियो । यस्तै, पूर्वाञ्चल टप गर्ने बिबिएस तेस्रो वर्षकी कञ्चन सुवेदी (७८ प्रतिशत), पूर्वाञ्चल सेकेण्ड बिबिएस चौथो वर्षकी अस्मिता घिमिरे (७६ प्रतिशत) लाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा प्लस टुमा अध्ययनरत् सावि राईलाई वेष्ट इष्टुडेण्ट अफ दि इयरको उपाधिले नगद ५ हजार रुपैयाँसहित सम्मान गरियो । यस्तै, मोष्ट रेगुलर स्टुडेण्टको उपाधिबाट आशिष राजधामी, मोष्ट रेगुलर इष्टुडेण्टको उपाधिबाट डम्बरकुमारी गुरुङ स्नेहा शंकर, डिसिप्लिन इष्टुडेण्ट सर्मिला लिम्बू, सौरभ श्रेष्ठ, वेष्ट हस्पिटालिटी युनेश भण्डारी, रितु राई, मोष्ट कोअपरेटिभ स्टुडेण्ट विन्दु सुब्बा, निवा आले लगायतलाई पनि सम्मान गरियो । कार्यक्रमका प्रमुख अतिथि सभामुख भण्डारी, कलेजका अध्यक्ष ज्ञानेश्वर झा, कलेजका प्रमुख डम्बरकुमार तुम्वापोलगायतले उनीहरुलाई सम्मान गरेका थिए । कार्यक्रममा बिबिएस प्रथम र दोस्रो वर्षको पहिलो परीक्षामा टप गर्ने युमन राई, स्वेता सिंजाली, दोस्रो परीक्षामा टप गर्ने आकाश श्रेष्ठ, स्नेहा श्रेष्ठ, सरिना गुरुङ, वर्षा सुनुवार, डम्बरकुमारी गुरुङ, आशिष राईलगायतलाई पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख तुम्वापोले कलेजले पूर्वाञ्चल टप सम्म गर्न सफल हुनुमा यहाँका अनुभवी, दक्ष साथै लगनशील अध्यापकहरुको कारणले सम्भव भएको बताए । कार्यक्रममा युपिएफ सुनसरीका संयोजक राम लिम्बू, ज्ञानकुञ्ज एकेडेमीका आर्टिष्ट राई, अध्यापकहरु दिलबहादुर श्रेष्ठ, राजेश विद्रोही, गुरुप्रसाद कोइराला, लक्ष्मण दाहाल, निरोध दाहाल, सिर्जना लिम्बू, सुमनप्रकाश बाँस्कोटा, शेख वाएस, प्रमोटर गणेश देवान, नविन गौतम, निरज मास्के, हरिप्रसाद भट्टराईलगायतको उपस्थिति थियो ।
कार्यक्रममा एचएम कोअर्डिनेटर गगन श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा अध्यापक सुवास न्यौपानेले गजल सुनाएका थिए भने गायक जगत राना मगरले गीत पस्के । कार्यक्रमको सञ्चालन अध्यापक दिव्या झा र स्वर्ण सम्वाहाम्फेले गरेका थिए । कार्यक्रममा विद्यार्थीले आकर्षक नृत्य र गीत पनि पस्किए ।