इटहरी / तारानीधि–धनमाया स्मृति प्रतिष्ठान इटहरीले समाजमा विभिन्न क्षेत्रमा रहे विशिष्ठ योगदान दिने ४ जनालाई शनिवार सम्मान गरेको छ । नयाँ पत्रिका दैनिकका सम्पादक तथा प्रबन्ध निर्देशक कृष्णज्याला देवकोटासहित ४ जना विशिष्ठ व्यक्तिहरुलाई शनिवार सम्मान गरेको हो । पत्रकारिता पेसामा लामो समयदेखि काम गर्दै आएका मुलधारको पत्रिकामा सम्पादक भएर विशिष्ठ योगदान दिएको भन्दै देवकोटालाई नगद २१ हजार १०१ रुपैयनसहित सम्मान गरेको हो ।
यस्तै प्रतिष्ठानले विशिष्ठ साहित्यकारका रुपमा प्रसिद्ध साहित्यकार मोदनाथ प्रसिद्लाई नगद २५ हजार १०१, जिल्लामा क्रियाशिल पत्रकार महिला सम्पादक मनिता चाम्लिङलाई नगद १५ हजार १०१ र सरस्वती बाल आश्रम धरानलाई नगद १० हजार १०१ सहित सम्मान गरिएको थियो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश सभाका सभामुख प्रदिपकुमार भण्डारीले दोसला ओडाए सम्मान गरेका हुन ।
तीन दशकदेखि पत्रकारितामा क्रियाशिल देवकोटाले पाएको सम्मानलाई ससम्मान ग्रहण गर्दे नगद भने धरानमा अनाथ असाहय बालबालिकाहरुको सेवा गर्दे आएको सरस्वति बाल आश्रमलाई सम्मान स्थलमै हस्तान्तरण गरेका छन् । सम्मानितको तर्फबाट मनतव्य दिने क्रममा उनले पाएको नगद आश्रमकी अध्यक्ष नैनकला न्यौपानेलाई हस्तान्तरण गरेका हुन ।
उक्त प्रतिष्ठान रामचनद्र अधिकारीले संचालन गर्दै आएका छन् । कार्यक्रममा प्रतिष्ठानले सामाजिक रुपान्तरणका लागि विशिष्ठ व्यक्तिहरुको योगदानको कदर गरि उत्साह प्रदान गर्नु अनुकरणी कार्यभएको प्रमुख अतिथि सभामुख भण्डारीले बताए । उनले अव मुलुकमा राजनीतिक कोर्ष पुरा भएको बताउदै अव समाज रुपान्तरणका लागि सबैको योगदानको खाचो रहेको बताए । नेपालको संविधानमा जनताको अधिकार समावेश भएको बताउदै जनताको अधिकारलाई कायन्वयन गराउन उनीहरुको अधिकार दिलाउन प्रदेश सरकारले कानुन निर्माण गरिरहेको सभामुख भण्डारीले बताए ।
भाषा विद प्राडा टंक न्यौपाने, प्रदेश सभा सदस्य सर्वध्वज साँवालगायतले सम्मानितहरुलाई शुभकामना दिएका थिए ।

29750399_10214565737770045_249061582_n

29745916_10214565732129904_231438236_n

29683113_10213903219007832_415097621568069707_n 10