धरान / धरान उपमहानगरपालिका वडा नं. ७ को आर्थिक सहयोगमा पाथिभरा ड्राइभिङ स्कुल धरानले ९ जनालाई निशुल्क सवारी चालक प्रशिषक शुभराम्भ गरेको छ ।
धरान उपमहानगरापालिकाका मेयर तारा सुब्वाले शनिवार ड्राइभिङ स्कुलको प्राङ्गणमा उद्घाटन गरे । युवा लक्षित कार्यक्रम अन्तर्गत वडाले उक्त स्कुललाई एक लाख बजेट उपलब्द गराएको हो ।
दुई पक्ष विच भएको सम्झौतासमेत शनिवार नै हस्तान्तरण गरिएको छ । वडाको तर्फबाट ७ जना र स्कुलको सामाजिक उत्तरदायित्व अन्तर्गत २ जना गरि ९ जनालाई १ महिने निशुल्क साना सवारी चालक प्रशिक्षण शुरु गरिएको स्कुलको निर्देशक रुपक श्रेष्ठले जानकारी दिए ।
विगत १६ बर्षदेखि सवारी हाक्न प्रशिक्षण दिदै आएको उक्त ड्राइभिङ स्कुलबाट हालसम्म १५ हजारले प्रशिक्षण लिईसकेका छन् । यातायात व्यवस्था विभागबाट सवारी अनुमति पत्र लिनका लागि सरकारले ड्राईभिङ स्कुलमा तालिम लिएको प्रमाण पत्रसमेत अनिर्वाय गरेको छ । स्कुलले मोटर साईकल, साना तथा ठूला सवारीलगायतको प्रशिक्षण प्रदान गर्दै आएको छ ।
नगरपालिकाको बजेटबाट अनुष भण्डारी, रुविणा सुवेदी, अनु राई, विक्रम राई, विवेक अधिकारी, रुवना श्रेष्ठ, भवेस भुजेल, निरा धामी श्रेष्ठ र भरत श्रेष्ठ रहेका छन् । ९ जना मध्य २ जनालाई स्कुलले लगानी गरेको छ । वडाका बेरोजगार युवाहरुलाई सीपमुलक तालिमबाट स्वरोजगार बनाउन तालिमको व्यवस्था गरिएको ७ नं. वडाका निमित अध्यक्ष जीवनाथ सुवेदीले जानकारी दिए ।

29745267_10214564410016852_1750804457_n 1

29939649_10214564409976851_1273462205_n 1