धरान / प्रवासी नेपाली मञ्च कतार, ४ नम्बर नगर कमिटिको संयोजनमा कतारमा कार्यरत नेपाली, इन्डियन, श्रीलंकनहरुबाट राजविराजका प्रमोद राम मोचीका ३ बर्षीय छोराको उपचारका लाथि आर्थिक सहयोग प्रदान गरेका छन् ।
बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानका बाल रोग विशेषज्ञ डा. अरुणकुमार सिंहले वालकको अवस्थाबारे फेसबुकमा सार्वजनिक गरे पछि मदिना ग्रुप कतारमा कार्यरत धरान निवासी खेमराज सुवेदीको पहलमा बालकको उचारका लागि १५ हजार २०० उपलब्द गराएका हुन ।
उक्त सहयोग रकम मंगलबार विपी प्रतिष्ठानको बेडमा उपचाररत रामका परिवारलाई ६ बर्षीय बालक कृतन सुवेदीले हस्तारन्तरण गरेका थिए ।
३ बर्षीय बालक सतिमको १५ दिन देखि प्रतिष्ठानमा उपचार हुदै आएको छ । प्रमोद रामको आर्थिकस्थिति अति नै दयनिय रहेर उपचार गर्नलाई कठिनाई भए पछि केही सहयोग पुगोस भनेर आर्थिक संकलन गरि पठाएको प्रवासी नेपाली मञ्च कतार ४ का नगर अध्यक्ष सुवेदीले जानकारी दिए ।
कतारबाट सहयोग गर्नेमा खेमराज सुबेदी(नेपाली), डन समन(श्रीलंकन), ज्याकब डन(इन्डियन), शिवराज रामामूर्थि(इन्डियन), सुर्य प्रसाद गुरागाईं(नेपाली),तिलक कार्की(नेपाली), लिलानाथ घिमिरे(नेपाली), सेख सैयद(इन्डियन), सन्तोष ढकाल(नेपाली) र धर्मागत पौडेल(नेपाली) रहेका छन् ।
छातीमा गम्भीर समस्या देखिएका बालक सतिमको बुधबार अपरेसन रहेको छ ।

29665829_10214364460258723_439577257_n

29138798_10214355332550536_376091771_n

29341697_1669702523067610_1953350087_n