धरान– धरानको भानुचोक नजिकै राखिएको बिष्फोटक पदार्थ नेपाली सेनाले निस्कृय वनाएको छ ।

सुतली बम बनाउन प्रयोग हुने सामाग्रीको प्रयोग तयार गरिएको विष्फोटक पदार्थ फुस्रे स्थित नेपाली सेनाको टोलीले निस्कृय गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले बताए ।

नेत्रविक्रम चन्द ‘विप्लप’ नेतृत्वको नेकपा माओवादीले आईतवार नेपाल बन्दको घोषणा गरेकाले सोहि समुहले विस्फोटक पदार्थ राखेको अनुमान गरिएपनि पुष्टि भएको छैन ।

निकेतन स्कुल जाने बाटोको मुखमै खतरा लेखिएको शंकास्पद बस्तु फेला परेपछि विहानै देखि उक्त क्षेत्रका सर्वसाधारण त्रसित थिए ।