• देबेन्द्र कार्की

मोरङ(तेतारिया) / प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन आउन आज ५ दिन मात्र बाँकी छ । दलहरु निर्वाचनको प्रचार प्रसारमा तिव्र रुपमा लागेका छन् । तर मोरङ ग्रामथान गाउँपालिका तेतारिया–३ सुकुम्वासी टोलमा भने चुनावको रौनकता छैन् ।
विराटचौक–विराटनगर हाईवेसँगै जोडिएको उक्त गाउँमा कतिपयले कहिले चुनाव हुदैछ भन्ने समेत सुइको पाएका छेनन् । सडक छेउको खेतमा धानको विटा उठाउदै गर्दा भेटिएकी ३८ बर्षिय महावती चौधरीलाई चुनाव कहिले हुदैछ भन्नेसमेत थाहा छैन् । ‘खोई कसैले भनेका छैनन् । बाटोमा झण्डावाला गाडी लिएर ओहोरदोहोर गरेको देखिन्छ तर गाउँ पसेका छैनन् ।’–उनले भनिन –‘कसैले केही भनेका छैनन् । हामीलाई त केही थाहा छैन् । सँगै काम गर्दै गरेकी कमला चौधरीलाई भने मङ्सिर २१ गते चुनाव हो भन्नेसम्म चाही थाहा रहेछ । तर चुनावमा के हुन्छ, के गर्नु पर्छ भन्ने चाही अनभिज्ञ भएको बताईन ।
उनीहरु मात्र होईन करिव २५/३० घर भएका सुकुम्वासी टोलमा चुनावबारे बेखवर छन् । ऐलानी जग्गामा पुस्तौदेखि बस्दै आएका ६५ बर्षिय सोनी राम चुनाव लागेका बाटोमा हिड्ने चिल्ला झण्डावाला गाडीबाट थाहा पाएको बताउछन् । ती गाडीमा हिड्ने कोही गाउँ नपसेको उनको भनाई छ ।
एउटा गाई पालेका राम घास काट्दै गर्दा भेटिएका थिए । भोट हाल्ने तरिका कसरी भन्ने पतो नभएको उनी बताउछन् । कस्लाई कसरी हाल्ने थाहा छैन् । कोही सिकाउन आएका छैनन् । ४ बर्षदेखि दलित भत्ता लिदै आएका रामलाई सूर्यले भत्ता दिलाएको भन्ने सम्म बुझेका रहेछन् तर नेपाल कुन पार्टी छन् भन्ने थाहा छैन् ।
सुकुम्वासीहरुलाई मासुभात खुवाउछन् भन्ने सुनेको तर हामी गरिवहरुको बस्तीमा  अहिलेसम्म कोही आएनन ।’– उनले भने–‘सुकुम्वासीलाई जस्ले हेर्छ उसैलाई भोट दिन्छौ । उक्त बस्तीमा करिव एक घरमा ३÷४ जना मतदाताहरु  रहेका छन् ।
तीन पुस्तादेखि उनीहरु ऐलानी जग्गामा बस्दै आएका छन् । सोनी रामका अनुसार उक्त सुकुम्वासी बस्तीमा राम, चौधरी, राजबंशी, विश्वकर्मालगायत बसोबास गर्दै आएका छन् ।
मोरङ क्षेत्र नं. ४ मा पर्ने यस बस्ती निर्वाचन आयोगबाट मतदाता शिक्षा कार्यक्रम समेत लिए पुगेका छैनन् । दलहरुले घरदैलो कार्यक्रम लिएर समेत  पुगेका छैनन् ।
यस क्षेत्रमा वामगठ्बन्धनबाट माओवादी केन्द्रका अमनलाल मोदि र नेपाली काग्रेसका महेश आचार्य  प्रतिनिधि सभा सदस्यमा उम्मेदारी दिएका छन् । यता प्रदेश सभा ख सदस्यका लागि वाम गठबन्धनबाट एमालेका जीवन घिमिरे, काङ्ग्रेसबाट  बिश्वनाथ रिजाल र क मा वाम गठबन्धनबाट बिजय बिश्वास र नेपाली काङ्ग्रेसबाट भक्ती माझी रहेका छ