धरान / धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली–हेटौंडासम्मको ३ सय १८ किमि सडक दुई लेन विस्तार कार्य तिव्र गतिमा भईरहेको छ । २०७३ मंसिरमा ठेक्का लागेको उत्त सडक निर्माणको करिव १५ प्रतिशत भएको भौतिक पूर्वधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभागका इन्जीनियर कविश तण्डुकारले जानकारी दिएका छन् । धरान र चतरालाई जोड्ने सेउतीमा पुल निर्माणसमेत भईरहेको छ ।
यसैविच उक्त सडक सञ्जाललाई चुरे मार्ग नामकरण गरि इलामको रोम गाउँपालिकासम्म पु¥याउन इलाम, झापा, मोरङ र सुनसरीका प्रतिनिधि सभा सदस्यहरुले माग गरेका छन् ।
स्थानीयको पहलमा चुरे सरोकार समिति नै निर्माण गरेर समितिका अध्यक्ष वृहस्पति खतिवडाको संयोजनमा काठमाण्डौ पुगेर विहीबार प्रधानमन्त्रि केपी शर्मा ओली, पूर्व प्रधानमन्त्रि झलनाथ खनाल, संविधान सभाका पूर्व अध्यक्ष सुवास नेम्वाङलगायतलाई भेटी ज्ञापन पत्र बुझाएका छन् ।
सुनसरी क्षेत्र नं. १ का प्रतिनिधी सभा सदस्य जयकुमार राईको नेतृत्वमा विहीबार प्रधानमन्त्रिलाई उक्त सडक विस्तारका लागि बजेट छुट्याउन माग गरिएको थियो । राईका अनुसार शुक्रबार अर्थ मन्त्रि डा युवराज खतिवडासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
उक्त चुरे सडकलाई पूर्वका छ वटा जिल्लावासीले धरान–पानवारी, हुदै इलामसम्म जोडन् सरकारसँग माग गर्दै आएका छन् । उक्त सडक चुरे क्षेत्र हुदै पूर्व पश्चिमसम्म जोड्न बजेट विनियोजनका लागि सरकारसँग अपिल गरेका छन् ।
चुरे मार्ग सरोकार समिति नै बनाएर ६ जिल्लाका स्थानीय तह जोडिने गाउँपालिका नगरपालिकाहरुलाई केन्द्रीय सरकारलाई बजेट विनियोजनका लागि पत्रचार गर्न समितिले आग्रहसमेत गरेको छ । चुरे मार्ग सरोकार समितिका सदस्य नरेश इवरामका अनुसार मेचीको पश्चिम किनार झापा–इलामको सिमाना दुधेचौरीबाट झापा, मोरङ, सुनसरी हुदै उदयपुर हुदै राजधानी जोड्ने सरकारको महत्वकाक्षी योजना अन्तर्गत इलामको रोङ गाउपालिका–६ सलकपुरबाट काम शुरु भई सकेको छ । झापासम्म करिव १५ किमी सडकको डिपीआरसमेत भईसकेको चुरेमार्ग सरोकार समितिका अध्यक्ष वृहषपति खतिवडाले जानकारी दिए । त्यहाँबाट साधुकारटर, सुखानी, दानाबारी, चुलाचुली, दकम, बेल८ागी, जाँते लेटाङ केरावारी, पानवारी, धरानसम्म सडक विस्तारका लागि राष्ट्रिय योजनामा पार्न पूर्वका ६ जिल्लाका राजनीतिक दलका प्रतिनीधि तथा नागरिक समाजले चुरे सरोकार समाज नै गठन गरेर २०७५/२०९७६ को सरकारको बजेटमा पार्न लभिङ शुरु गरेका हुन ।
इलामदेखि धरानसम्म जोडिदा चेरे क्षेत्र हुदै हेटौडा–काठमाण्डौसम्म सडक संञ्जाल पुग्ने बताइएको छ । यस सडकले चुरे क्षेत्रका स्थानीयवासी लाभान्वित हुने खतिवडाले बताए ।
ज्ञापन पत्र बुझाउन समितिका अध्यक्ष खतिवडा, समितिका सचिव एंव एमाले सुनसरी अध्यक्ष रमेश बस्नेत, धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी, १५ नं. वडा अध्यक्ष नरेश इवरामलगायत सुनसरी १ का माननीय राई झापा–२ नंं क्षेत्रका माननीय राम कार्की, मोरङ २ नं. क्षेत्रका घनश्याम खतिवडालगायतको टोली सहभागी रहेको छ ।
ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्रि ओलीले उक्त सडकलाई गौरवको आयोजना अन्तर्गत समावेश गरि बजेट व्यवस्था गर्ने बताएको संसद राईले जानकारी दिए ।

तस्विरहरु: जयकुमार राईकाे फेसबुकबाट

29472183_1482166118576942_8710733537314129749_n

29472261_1482164981910389_8159004663566245413_n

29512794_1482165188577035_7431238399630952812_n

29432823_350465188786041_8781375105587478528_n 2

29472638_350466125452614_24798909238870016_n

29511031_1482165125243708_2670710504960693820_n