धरान / धरान नगर सरकारको ९ औ कार्यपालिका बैठकले आगामी आर्थिक बर्षको बजेट निर्माणको पुर्व तयारी गर्ने निर्णय गरेको छ । स्थानिय सरकार सञ्चालन ऐन २०७४ को दफा ६७ बमोजिमको समितिले बार्षिक बजेट तथा कार्यक्रम २०७५ बैसाख १५ गते भित्र कार्यपालिकामा पेस गर्ने निर्णय गरेको हो ।

बैठकलेनेपाल सरकार तथा एशियालि विकास बैकको ऋण सहयोगमा धरान उपमहानगरपालिकाबाट संचालित खानेपानी आयोजनाको विजयपुर सव सिस्टमको टंकि निर्माणकार्य चैत्र ५ गतेबाट सुरु गर्ने निर्णयपनि गरेको छ ।

बैठकले  राजस्व परामर्श समितिकोे निर्णय अनुसार राजस्व संकलन कार्यक्रमलाई प्रचार प्रसार गरी प्रभावकारी रुपमा संकलन गर्ने निर्णय समेत गरेको प्रबक्ता मणिराम राईले बताए बैठकले स्थानीय तहले पालाना गर्नु पर्ने,  बालबालिकाले पालना गर्नु पर्ने, विद्यालय र संघसंस्थाले पालना गर्नु पर्ने र अभिभावकले पालना गर्नु पर्ने बालमैत्री आचार संहिता  समेत पारित गरेको छ ।

कार्यपालिका बैठकले धरान १४ स्थित विजयपुर चोकमा धरान उपमहानगरपालिका र स्थानीय वासीको संयुक्त लगानीमा निर्माण गरिएको सार्वजनिक शौचालयको सञ्चालन गर्न वडा कार्यालय मार्फत सञ्चालन तथा रेखदेख गर्ने निर्णय गरेको छ । शौचालयबाट संकलित रकम वडा कार्यालय मार्फत उपमहानगरपालिका कार्यालयमा दाखिला गर्ने समेत निर्णय भयो प्रबक्ता राईले भने ।

खानेपानी ट्यांकीको निर्माण थाल्ने निर्णय
धरान–धराननगर सरकारको ९ औ कार्यपालिका बैठकले नेपाल सरकार तथा एशियालि विकास बैकको ऋण सहयोगमा धरान उपमहानगरपालिकाबाट संचालित खानेपानी आयोजनाको विजयपुर सव सिस्टमको टंकि निर्माण कार्य आजबाट सुरु गर्ने निर्णय भएको छ ।
‘पुरातत्व विभागबाट प्राप्त प्रतिवेदन अनुसार उक्त पानी ट्यांकी निर्माण स्थलमा कुनै पुरातात्विक महत्वका वस्तुहरु नपाईएको भन्ने प्रतिवेदन प्राप्त भएको र पानी ट्यांकी निर्माण गर्ने सम्बन्धमा धरान उपमहानगरपालिका र किरांत जातिय चार संस्थासंग भएको सहमती बमोजिम खानेपानी ट्यांकी निर्माणको कार्यको शुरुवात गर्ने निर्णय भएको हो ।
त्यसै गरि लिम्वुवान स्वायत्त प्रदेश जिल्ला जनपरिषद सुनसरीको नाममा बिभिन्न वडाहरुमा पठाएको पत्रको बैठकले भत्र्सना समेत गरेको छ ।
भत्र्सना गरेको छ ।