धरान / सुनसरीको बराहक्षेत्र नगरपालिका – ११ इक्राइस्थित सरदार टोलमा शनिवार राति भएको आगलागीमा ४७ परिवारका ७० वटा घर टहरा पुरै खरानी हुदा आगलागीबाट १ करोड ३७ लाख ६० बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएपी नारायण प्रसाद चिमोरियाले जानकारी दिए ।
स्थानीय पुरन चौधरीको घरबाट बिद्युत सर्ट भई आगलागी हुदा सिगो बस्ती खरानी भएको हो । राति ८ः३० बजे लागेको आगो विराटनगर, इटहरी, धरान,इनरुवा , दुहवी राजविराजका ५ वटा दमकल तथा नेपाली सेना ,शसस्त्र प्रहरी र जनपथ प्रहरी एवं स्थानिय बासीहरुको सक्रियतामा राति साढे ११ः ३ बजे मात्र नियन्त्रणमा आएको थियो । आगोलाई पुर्ण रुपमा नियन्त्रणमा लिन ढिलाई हुदा बढि क्षेती भएको ११ नं वडा अध्यक्ष केदार बिष्टले जानकारी दिए ।
एक घाईतेः २० चौपाय मरे
आगलागीबाट चौपाया गाई ३, बाछा २, बाखा्र १५,जलेर नष्ट भएका छन् । आगो नियन्त्रण गर्न जाने क्रममा एउटा सिलिन्डर पड्केर कोशी गाउ पालिका ३ का ४१ बर्षिय प्रभु सरदार घाइते भएका छन् । उनको नोवेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
भुजा खाएर ज्यान बचाउदै पीडितहरु
आगलागी बाट स्थानीयहरुको लता कपडा, भाडाबर्तन, खाद्यन्न जलेर नष्ट भएको छ । बर्ष भरि खान जोहो गरेर राखेको खाद्यन्न नष्ट भएको छ । भएको जायजेथा खरानी भए पछि ४७ दलिप परिवार विक्षित बनेका छन् । उनीहरु बस्ने ठाँउको अभावले आफ्नो जलको घर नजिक पाल टागेर बसेका छन् । रातभरी नसुतेका अग्नी पीडितहरु बाँच्नका लागि उनीहरुलाइृ भुजा साहारा भएको छ । भूजा खाएर बस्दै आएका छन् । उक्त बस्तीमा चौधरी, सरदार, उराव, ऋषिदेलगायत बसोवास गर्दै आएका थिए ।
नगरपालिकाको राहत
बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनाल आईतबार घट्नास्थल पुगी निरिक्षण गरेका छन् । स्थलगत अनुगमन गरी राहत वितरण गर्न व्यवास्था मिलाएका छन् । नगरपालिकाले ४७ परिवारलाई कम्वल वितरण गरेको छ । यस्तै नेपाल रेडक्रश सुनसरीले कमवल, भाडावर्तनलगायतका सामाग्री वितरण गरेको छ । भोक्राहा–४ सिशौली चौकवासीले स्वस्फुर्त अग्नी पीडितहरुलाई चाउचाउ, भूजा विस्कुट लगायतको सामान वितरण गरेका छन् । स्तै युवा विकास केन्द्र, यूनाईटेट मिसन टु नेपाललगायतले त्रिपाल, भूजालगायतका सामाग्री वितरण गरेका छन् ।
बराह क्षेत्र नगरपालिकाका मेयर निलम खनाल आईतबार विहान देखि नै पीडितहरुलाई व्यवस्थापनका लागि खटेको बताए । जिल्ला दैवि प्रकोप उद्धार समिति, रेडक्रस, नगरपालिकालगायत सबै क्षेत्रका धयानकर्षण गराएको उनले बताए । पीडितहरुलाई खानाको समस्या महसुस गरि आईतबार विहान सामुहिक रुपमा खाना खुवाएको मेयर खनाले जानकारी दिए । आईतबार बेलुकाको खाना स्थानीय क्लवलार्य व्यवस्थापन गर्न जिम्मा दिएको उनले बताए ।
खाद्यन्न नभएको गुनासोलाई सम्बोधन गर्न सोमबार नगरपालिकाबाट चामल, दाल, तेल र नुन वितरण गर्ने कार्यक्रम भएको उनले जानकारी दिए । पीडितहरुलाई जिकको सार्वजनिक जग्गामा टेन्टको व्यवस्था गरेर बस्ने वातावरण मिलाउने मेयर खनालले जानकारी दिए । आफ्नो नगर क्षेत्रमा ठूलो विपति आईलागेको भन्दै सबै तह तप्काबाट पीडितहरुलाई सहयोग गर्न समेत उनले आव्हान गरेका छन् ।
प्रदेश सरकारबाट जनही ५ हजार सहयोग
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रि हिक्मत कार्की र उद्योग।, पर्यटन, वन तथा वातावरण मन्त्रि जगदिसप्रसाद कुसियतले पनि आईतबार नै आगलागी घट्नाको निरिक्षण गरेका छन् । प्रदेश सरकारको तर्फबाट ५० घर परिवारलाई जनही ५÷५ हजारको दरले नगद वितरण गरेका छन् ।

खाद्यन्न अभाव: पीडित भोकै
विभिन्न संघ संस्थाहरुले लता कपडा, चाउचाउलगायतका सामाग्रीहरु दिए पनि खाद्यन्न भने कसैले दिएका छैनन् । खाद्यन्य अभावले उनीहरु शनिवारदेखि भूजा खाएर गुजारा गर्दै आएका छन् । आगलागबिाट सबै गुमाएकी गीता चौधरीको एक बर्षिय छोरीले विहानदेखि खान नपाएर विजोक भएको छ । खानाका लागि कतैबाट खाद्यन्न नआएकाले छोरीलाई गीताले भुजा खुवाएर राखेकी छन् । ‘आफनो भनेको सबै सकि हाल्यो, रातहमा केही भुजा, विस्कुट मात्र छ । त्यही खुवाएर छोरीलाई राखेको छु ।
खानका लागि चामल नहुदा परिवार नै भोकै बस्नु परेको ४३ बर्षिय पल्वीदेखी सरदारले गुनासो गरिन । ‘धेरै जनाले एकै किसिमको राहत लिएर आए । चामल भने कसैले ल्याएनन ।’– पल्वीदेविले भनिन । भएको खाद्यन्न सबै गुमाए पछि राहत ल्याउनेले पनि चामल नल्याउदा यहाँका अग्नी पीडित भोकै परेका छन् ।

IMG_3683 copy

IMG_3632 copy 1

IMG_3621(1) copy

IMG_3644 copy

29356766_10156105641372744_466359042332164096_n 1

 

29342333_10156105640932744_4612810698563518464_n 3

29342317_10156105641127744_5292095931460616192_n 5

29386216_10156105641482744_2861831078346227712_n 8
तस्विरहरु शेखर ढकाल