राजविराज– तीस दिनभित्रै सप्तरीमा करिव एक दर्जन वलात्कारका घटना भएका छन् । प्रहरीले ३० दिनमा ९ घटना भएको जनाएको छ । घटनामा संलग्न परिवारका सदस्य, छिमेकी र गाडिका चालक देखि सहचालकसम्म छन् ।
एकपछि अर्को वलात्कारको घटनाले स्थानीय समाजमा चिन्ता समेत वढाएको छ । पछिल्लो पटक शुक्रवार माईक्रोवसमै एक युवतिलाई चालक र सहचालकले सामुहिक वलात्कार गरेका छन् ।
सप्तरीको छिन्नमस्तावाट काठमाण्डौं चल्ने वा५प ३१४१ नम्वरको माईक्रो वसभित्रै १७ वर्षिय ति युवतिलाई सिरहाको भगवानपुर ९ घर भएका चालक वैजनाथ दास र वाँकेको राप्ती सोनारी ५ का सहचालक खेमराज वैस्यले गाडिभित्रै वलात्कार गरेका हुन् ।
दुवैजना अहिले सप्तरी प्रहरीको नियन्त्रणमा छन् ।
चालु आवको हालसम्ममा जिल्लामा २१ वलात्कार र करणी प्रयासका ९ घटना भएका छन् । जसका १८ आरोपीलाई प्रहरीले पक्राउ गरि कारवाही गरेको छ । अधिकांश घटना छिमेकी र आफन्तवाटै भएको प्रहरीले जनाएको छ ।