धरान– टेलीफोनवाट लाखौ रुपैयाँ कमाउँने लोभमा सर्वसाधारणलाई ठगि गर्दै आएका सप्तरीका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
अनुसा अधिकारीले जिल्ला प्रहरी कार्यालय पाँचथरमा दिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीले राजविराज नगरपालिका १२ सिंग्यौन निवासी २० वर्षीय महेश ठाकुरलाई पक्राउ गरेको हो।
फोन मार्फत ‘तपाईंले २५ लाख पुरस्कार जित्नुभएको छ, कर बापतको ३० हजार बुझाउनुहोला’ भन्दै जानकारी आएपछि आफूले पैसा बुझाएको तर पुरस्कार नपाएको भन्दै मण्डललाई पक्राउ गरी रकम असुल गरिदिन उजुरी गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय पाँचथरमा परेको निवेदनका आधारमा उनलाई पक्राउ गरिएको सप्तरीका प्रहरी प्रवक्ता ध्रुवकुमार श्रेष्ठले बताए। मण्डलको साथबाट ७० हजार नगद १ थान मोबाइल समेत बरामद गरी पाँचथर पठाइएको छ ।