सुनसरी / इटहरीमा भएको बालिका बलात्कार घटनालाई लेनदेनमा ढाकछोप गर्न विचौलियाको भूमिका निर्वाह गर्ने इटहरी उपमहानगरपालिकाका २० नं. वडा अध्यक्षसहित ५ जनालाई सुनसरी प्रशासनले सामान्य घरौटीमा छाडेको छ ।
बालिका बलात्कार प्रकरणमा मिलापत्र गराउन दवाव दिएको अभियोगमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरिक्षक विद्यानन्द माझी, इटहरी इलाकाका इन्स्पेक्टर चिरञ्जीवी दाहालसहित ३ जना प्रहरीका जुनियर अधिकृतहरु निलम्बनमा परेका थिए ।
जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद पराजुलीको इजलासले वडा अध्यक्ष मणीराम श्रेष्ठ, तरुण दलका जिल्ला सभापति सिजन गुरुङ, उपसभापति सन्तोष विक, धरान १५ कै मिलन शंकर र रामधुनी नगरपालिका ६ घर भएका काष्ठ उद्योग संचालन गर्दै आएका व्यवसायी रोहित सुब्बालाई जनही ५ हजार धरौटीमा छाडेको हो । उनीहरु विरुद्ध केही सार्वजनिक अपराध ऐन अन्र्तगत जिल्ला प्रशासन कार्यालय सुनसरीमा मुद्धा दायर गरिएको थियो । उनीहरु फरार रहेका थिए । विचौलीयाको काममा संलग्न अन्य ३ जनालाई प्रहरीले यस अघि नै पक्राउ गरि जिल्ला प्रशासनमा बुझाएको थियो उनीहरु पनि ५ हजार धरौतीमा छुटेका थिए । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी संजय राउतको अनुसार ८ जना मध्य विर्तामोड–५ का मदन राई, विर्तामोड–३ का शंकर बस्नेत र सप्तरी कञ्चनरुप नपा–४ का केवल खत्रीलाई भने पक्राउ गरेका थिए । उनीहरु अदालतमा ५÷५ हजार धरौटी राखी १५ दिन अघि नै तारिखमा छुटेका हुन ।
आरोपित ५ जनालाई बुधवार भएको थुनछेक वयान पछि जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीको इजलासले चैत १४ गते तारेखमा हाजिर हुने गरि छाडेको सुनसरी प्रशासनले जनाएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीले ८ जना विरुद्ध पीडित बालिका र उनकी आमालाई डर त्रास देखाई मुद्धाको जाहेरी उजुरी दर्ता नगर्न र रकम लिएर पीडकहरुसँग मिलापत्र गर्न दवाव दिएकाले केही सार्वजनिक अपराध ऐन २०२७ अन्र्तगत दफा २ अनुसार कारवाहीका लागि माग दावी गर्दै मुद्धा दायर गरेको थियो ।
अभियुक्तहरु मुद्धा दायर भए पछि फरार रहदै आएका थिए ३० दिने म्याद गुजारी सुनसरी प्रशासनमा हाजिर भएका उनीहरुलाई बुधवार साँझ नै छाडिएको थियो ।
घटनाका मुख्य अभियुक्तद्धय धरानका जग लिम्बू र विराटनगरका मनिष भनिने जीवन श्रेष्ठले गत पुष १६ गते इटहरीको रोयल रिसोर्टमा १४ बर्षिया एक बालिकालाई जर्बजस्ती करणी गरेका थिए । दुवैलाई प्रहरीले जर्बजस्ती करणीमा मुद्दा दर्ता भइ जेल चलान भएका छन् । पीडित बालिकाकोतर्फबाट प्रहरीमा जाहेरी पुगेपनि मिलापत्र गराएर जघन्य अपराधलाई गुपचुप राखिएको थियो । प्रहरीभित्रैबाट सो घटनाबारे प्रहरी नेतृत्वसमक्ष पुगेपछि प्रदेश प्रहरी कार्यालयले धरानस्थित संघीय प्रहरी इर्काइ प्रमुख हरी पालको संयोजकत्वमा छानबिन समितिसमेत गठन गरेको थियो । घटना ढाकछोप गर्न सुनसरीका एसपी विद्यानन्द माझी र इटहरीका इन्स्पेक्टर चिरञ्जिवि दाहाल संलग्न देखिए पछि उनीहरु निलम्बनमा परेका थिए । सोही अनुसन्धान टोलीले घट्ना मिलाउन अन्य ८ जना सहभागी भएको प्रतिबेदन दिएको थियो ।