काठमाडौं /

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा विमान अवतरण गर्ने क्रममा भएकाे आगलागी नियन्त्रमा आएको  छ । 

 

वंगलादेशी जहाज अवतरण गर्ने क्रममा आगलागी भएको महानगरिय प्रहरी वृत्त काठमाडौंले जनाएको छ । अहिले आगो नियन्त्रणमा आइसकेको र उद्धार कार्य जारी रहेको नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार क्षतिको बारेमा भने विवरण आउन बाँकी नै रहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त यूएस बाङ्ला एयरवेजको जहाजमा ६७ यात्रु र चालक दल ४ गरी ७१ जना सवार रहेको खुलेको छ।
बंगलादेशको ढाकाबाट काठमाडौंका लागि उडान भरेको यूएस बङ्ला विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ । अवतरणको क्रममा रहेको ड्यास–८ विमान दिउँसो २ बजेर २० मिनेटमा रनवे मा दुर्घटनामा परेको हो । १४ जना घाइतेलाई उद्दार गरी एम्बुलेन्समार्फत सिभिल अस्पताल र केमएसी अस्पताल पुर्याइएको उनले बताए। अझै थप घाइतेको उद्दार कार्य जारी रहेको उनको भनाई छ।

बम्बाडियर–ड्यास क्यु ४०० सिरिजको जहाज २ बजेर २० मिनेटमा धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको हो। जहाज धावनमार्गबाट चिप्लिएर पूर्वपट्टि दुर्घटनामा परेको हो। ठूलो आवाजसहित जहाज दुर्घटनामा परेको पेप्सीकोलाका स्थानीयले बताएका छन्।