धरान / मुलुक संघीय गणतनत्रसम्म आईपुग्न महिलाहरुको ठूलो भूमिका रहेको १ नं. प्रदेशका प्रदेशसभामुख प्रदिपकुमार भण्डारीले बताएका छन् । उनले २०६२÷६३ को आन्दोलन तथा गणतनत्र स्थापनाका लागि महिलाहरु उल्लेख्य भूमिका निर्वाह गरेकै कारण राज्यको प्रमुख पदमा महिला पुगन सफल भएको बताए ।
१०८ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा धरान उपमहानगरपालिका तथा महिला सञ्जाल धरानले विहीबार आयोजना गरेको वृहत ¥याली तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रहेका सभामुख भण्डारीले घर चुलो चौका, कार्यालय सबै व्यवस्थापन गर्न सक्ने महान महिलाहरु यति बेला राज्यका माथिल्लो पदमा पनि पुगिसकेको बताए । महिला राष्ट्रपति, महिला प्रधानन्यायधिस, सभामुखलगायत पदमा महिलाको उपस्थिति ठूलो उपलब्दी भएको सभामुख भण्डारीले बताए ।
महिला सशक्तिकरण र अझ महिलाको नेतृत्व तहमा भूमिका पु¥याउन महिलाको अनुकुलमा प्रदेशमा कानुन बन्ने समेत उनले बताए । घर हुने महिला हिंसा एैन कानुनको जगमा मात्र न्यूनिकरण नगृ नसकिने बताउदै व्यवहार मानै सुधारको अभियान थाल्न समेत उनले सुझाएका छन् । कार्यक्रममा धरान उपमहागनरपालिकाका प्रमुख तारा सुब्वा, उपमेयर मञ्जु भण्डारीलगायतले बोलेका थिए ।
धरान १६ की गोरीमाया तामाङलाई नगद ५ हजारसहित सम्मान गरिएको छ । २५ बर्षदेखि घर निर्माणमा लागि १० बर्ष अघि हेड मित्री बन्न सफल धरानकी एक्ली महिला तामाङलाई कार्यक्रममा सम्मान गरिएको थियो । उनी घर निर्माणमा पुरुषहरुलाई काम लगाउदै आएकिछन् । कार्यक्रममा पूर्व उपसभामुख स्व लिला सुब्वा श्रेष्ठलाई समेत मराेणप्रान्त सम्ममान गरिएकाे थियाे ।

कार्यक्रममा चर्चित कवि कुन्ता शर्माले कविता बाचन गरिन । उनलाइृ साहित्यमा उचाईमा पु¥याएको ‘पोथि बास्नु हुदैन्’ भन्ने कविता सुनाईन । कतिले नेताहरु महिलाको हकहित र अधिकारका लागि खर्चिएको भाषण भन्दा बढि ताल िपायो । अमेरिकन कवि वीलियमको उक्तबाट उनले कवितालाई जोडेकी थिईन । वीलियमका अनुसार महिलाहरु आधा आकास होईनन् । अधिकार बराबर होईन । महिलाहरु पुरा आकास हुन । पुरुष भन्दा बढि महिला गर्न सक्छन् । मात्र अवसरका खाचो छ । २०४२ सालमा छिमेकीको घरमा पोथिलाई खेदी खेद िहत्या गरेको दृष्य हेरे पछि ‘पोथि बास्नु हुदैन्’ कविता श्रृर्जना गरेको सुनाईन । कार्यक्रममा महिला हिंसाबारे कवितासमेत बाचन गरिएको थियो । हाम्रो डान्स सेन्टरले नृत्य प्रस्तुत गरेको थियो ।
यस्तै दैनिक मजदुरी गर्ने ३५ जना श्रमिक महिलाहरुलाई स्वास्थ र सुरक्षासँग सम्बन्धित किट वितरण गरिएको थियो । तस्विरः उपेन्द्र चाम्लिङ