इटहरी / प्रदेश नं. १ का मुख्य मन्त्रि शेरधन राईले हप्तामा एक पटक सवारी चालक अनुमति पत्र लिने प्रबन्ध मिलाउन लागेको बताएका छन् । १० बर्षदेखि हेभी गाडीको चालक अनुमति पत्र लिनका लागि सरकारले परीक्षा नखेलाए पछि व्यापक जनगुनासो बढेको थियो । व्यावसायीहरुको समस्यालाई मध्यनजर गर्दै मुख्य मन्त्रि राईले हप्तामा एक पटक परीक्षा लिने व्यवस्था मिलाउने बताएका हुन ।
बुधबार इटहरीमा प्रदेश १ का मुख्य मन्त्रि, सभामुख र मन्त्रिहरुको स्वागत तथा सम्मानका लागि नेपाल यातायात स्वतनत्र मजदुर संगठन मेची कोशी सगरमाथा अञ्चल कमिटीले आयोजना गरेको कार्यक्रममा राईले सरकारले सय दिनको महत्वकाक्षी कार्यक्रमको घोषणा गरिएको बताउदै अव श्रम र मजदुरमैत्री कानुन बनाएर सडक सुसासन, गुस्तरीयता र सडकलाई फराकिलो बनाउने बताए । उनले भने –‘ढुक्क हुनु होस् मजदुरका माग पुरा हुने छन्, सडक असजिलो हुने छैन् । चालक अनुमति पत्र लिन अव ३÷६ महिना कुर्नु पर्ने छैन् ।’
कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीम ज्वाला राईले चालकहरुले भोग्न परेको समस्या, यातायात मजदुरको पीडा र १० बर्षदेखि सवारी चालक अनुमति पत्र लिने परीक्षा सरकारले संचालन गर्न नसक्दा चालकहरुको अभाव देशले भोगेको बताएका थिए । असजिलो सडक, गैरजिम्मेवार सरकारी नीतिका कारण यातायात क्षेत्रमा विकृती बढेको भन्दै राईले प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रममा सरकारले २० बषेर्् सवारी हटाउने निर्णयलाई सच्चाउन माग गर्दै झापा, मोरङ र सुनसरीका ट्याक्सी व्यवसायी संघले सयुक्त रुपमा मुख्य मन्त्रिलाई ज्ञापन पत्रसमेत बुझाएका थिए ।
कार्यक्रममा कार्यक्रम संयोजक गौरी लामाले मुख्य मन्त्रि राई र प्रदेश सभामुख प्रदिपकुमार भण्डारीलाई सम्मानसमेत गरेका थिए ।