भारतीय र पाकिस्तानीको पनि संलगनता आशंका
धरान / भारईवरबाट २५ लाखको लट्री प¥यो भनेर ठगी गर्ने गिरोहको समुहलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । धरानका रमेशकुमार श्रेष्ठको जाहेरीको आधारमा विभिन्न स्थानबाट इलाका प्रहरी कार्यालय धरानले ५ जनालाई पक्राउ गरेको हो ।
केन्द्रीय अनुसन्धान व्युरो, संघीय प्रहरी ईकाई धरान, क्षेत्रीय प्रहरी विशेष व्युरोको सहकार्यमा श्रृख्लावद्ध रुपमा लाखौको ठगीमा संलग्न ५ जनालाई विराटनगर, काठमाण्डौबाट पक्राउ गरिएको इप्रकाका डिएसपी रामेश्वर पौडेलले जानकारी दिए ।
पक्राउ पर्नेमा विराटनगरका २३ बर्षिय आसिम महत, उनीकी आमा ४० बर्षिय अनिता महत(राउत), नवलपरासी घर भई काठमाण्डौ बस्ने ३० बर्षिय एसकुमार थापा मगर, लम्जुङ घर भई काठमाण्डौ बस्ने ३७ बर्षिय पृतम गुरुङ र बाग्लुङ घर भएका काठमाण्डो बस्ने टिकाराम जैसी पाठक रहेका छन् ।
महत आमा छोरालाई विराटनगरबाट फागुन  १० गते, थापा र गुरुङलाई फागुन १४ गते काठमाण्डौबाट र जैसीलाई १५ गते काठमाण्डौबाट पक्राउ गरिएको हाे ।
पक्राउ गरेका महतको साथबाट अन्नपूर्ण पोष्टको वितरक लेखेको परिचलय पत्र बरामद भएको छ । आफु पत्रकार भएको बताउदै आएको प्रहरीले जनाएको छ । उनी दिल्लीमा बसेर अध्ययन गरेर नेपाल फर्केका थिए । एक बर्षदेखि विराटनगरस्थित अन्नपूर्ण पोष्टको वितरण शाखामा काम गर्दै आएको बताइएको छ । एसकुमार भारतको केरालामा चौकीदार गर्दै आएका थिए । हाल भने र्कितिपुरमा डेरा लिएर संगठीत रुपमा ठगीमा लागेको पाइएको छ । गुरुङ भारतीय सेनाका हवल्दार हुन । उनी रिटायर भई काठमाण्डो बस्दे आएका थिए ।
यसरी पक्राउ परे
धरानका रमेशकुमारलाई ००९२३०७७७३५५८२ को पाकिस्तानी नं. बाट भाईवरबाट २५ लाख लट्री परेको बधाईसहितको खवर आयो । आकाश बर्मा बताउने ती व्यक्तिले फोन गरि लट्रीको पैसा ट्रान्सफर गर्न पहिलो किस्ता ४५ हजार बुझाउनु पर्ने प्रस्ताव राखे । २५ लाखको लोभले ४ किस्ता गरि २ लाख ९० हजार बुझाई सके पछि अनिन्तम ४० हजारको किस्ता बुझाए पछि २५ लाखको चेक आउने ती बर्माले बताएका थिए । बर्माले फरक फरक स्थान र व्यक्तिलाई किस्ता रकम आईएमइ गर्न लगाएका थिए ।
अन्तिम किस्ता बुझाउन लाग्दा श्रेष्ठलाई संका लागेर प्रहरीको सम्पर्कमा आए । प्रहरीको सल्लाह अनुसार ४० हजार बुझाउन तयार भए । भाईवरबाट विराटनगर अनिता महतलाई पैसा बुझाउन भने पछि उनले प्रभु मनी ट्रान्सफरबाट विराटनगर पठाए । उक्त पैसा दिनु भन्दा अगाडी प्रहरीसँस सम्पर्क गर्नु भन्ने सूचनासमेत विराटनगर पुगे पछि विराटनगरस्थित रोयलमनी चेन्जरले ग्राहकलाई अलमल्याएर इप्रकाका डिएसपी पौडेललाई खवर गरिदिएका थिए । पैसा लिन आएकी अनितालाई क्षेत्रीय व्युरोको टोलीले तत्काल पक्राउ ग¥यो । उनकै सहयोगमा छोरा आसिमलाई पक्राउ गरेको थियो । अन्नपूर्ण पोष्टमा काम गर्ने बताउने महतको घरबाट एक लाख ९० हजार नगद र विभिन्न समय विभिन्न स्थानबाट १० लाख ३६ हजार ९ सय रिसिभ गरेको भौचर बरामद गरेको थियो ।
नेपालका विभिन्न स्थानबाट उनीहरुले प्रत्येक व्यक्तिबाट ४० देखि ५० हजारका दरले पटक पटक रिसिर्भ गरेको पाइएको डिएसपी पौडेलले बताए ।
साढे १० लाख ठगीएको पाईयो
महत आमा छोराले अरुण राई उदयपुरबाट ४० हजार, सुमनराज ताजपुरियाबाट दुई पटक गरेर ७० हजार, विष्णु श्रेष्ठ सुनसरीबाट ४७ हजार, अनमोल राई ललितपुरबाट ३० हजार, जंगविर केशी अर्घाखाजीबाट ३छ हजार, भरत तामाङ विराटनगरबाट ७५ हजार, लक्ष्मी गैरे बुटवलबाट ६४ हजार, गोवद्धन विक काठमाण्डोबाट २४ हजार, सरस्वती रेग्मीबाट ३५ हजार ज्योती नेपाली बदिैयाबाट २४ हजार, दिपक भट्ट विरगञ्जबाट ३ हजारलगायत व्यक्तिबाट १० लाख ३६ हजार ९ सय रिसिभ गरेको देखिएको छ । उनीहरुले राजा भनिने व्यक्तिको नाममा पञ्जाव नेसनल बैकको खातामा ४५ हजार भारु र सोही बैकको पुजाकुमारीको नामको खातामा ४५ हजार भारु जोगमनीबाट पठाएको भौचर प्रहरीले बरामद गरेको छ ।
महतकै सहयोगमा अन्य पनि पक्राउ
महतले प्राप्त गरेको रकम कहाँ पठाउने भनेर भाइभर चलाउनेलाई सोध्दा काठमाण्डौ एस कुमारलाई पठाउन सल्लाह दिएका थिए । बालाजुमा रहेको रोयल मनी चेञ्जरमा पैसा लिन पुगेका एस कुमारलाई पनि प्रहरीले पक्राउ गरेको थियो । उक्त पैसा फेरी ती भाईभर प्रयोग गर्ने व्यक्तिले पृतमबहादुर गुरुङलाई बुझाउन भनेका थिए । सोही दिन एसकुमार र प्रहरीसहितको टोली पैसा बुझाउन कलङकीस्थित मालपोत कार्यलय अगाडी बोलाएका थिए । पृतम पक्राउ परे । उक्त पैसा फेरी टिकारामलाई बुझाउनु भने पछि भोली पल्ट कलङकी कै बाबा पेट्रोल पम्प अगाडी बोलाएका थिए । टिकारामसम्म प्रहरी पुग्दा अगाडीका व्यक्तिहरुसाग सम्पर्क नभए पछि भाईवरवाला ‘साथीहरुलाई प्रहरीले समातिसकेछ भाग’ भनेर खवर गरेका थिए । तर त्यो खवर आउनु अगावै टिकाराम प्रहरी फन्दामा परिसकेका थिए ।
टिकारामले सबै पैसा आफुले लिने गरेको बताउदै आएका छन् । पक्राउ परेकाहरुलाई इप्रका ल्याएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ । विहीबार जिल्ला अदालन सुनसरीमा म्याद थप गरि अनुसन्धान थालिएको डिएसपी पौडेलले जानकारी दिए ।
नेपाल, भारत र पाकिस्थानमै ठगीको गिरोह भएको प्रारम्भीक अनुसन्धानमा खुलेको छ । मुख्य योजनाकार भाईभर चलाउने देखिएको छ ।’–डिएसपी पौडेलले भनेर्–भार्इभर चलाउने व्यक्तिको खोजी भईरहेको छ । पञ्जाव बैक मार्फत पैसा रिसिम गर्ने व्यक्तिलाई पक्राउ गर्न भारतीय प्रहरीसँग समन्वय भई पत्रचार गरिएको उनले बताए ।
अन्य पीडित हुन सक्ने भएकाले ७७ वटै जिल्लामा उजुरी गर्नका लागि माताहतका निकाय मार्फत खवर गरिएको उनले जानकारी दिए ।
अनुसन्धान टोलीमा को को थिए
रमेशकुमारको जाहेरी पछि प्रहरी अभियानमा लागेको थियो । अनुसन्धानमा अव्वल, संघीय इकाइका डिएसपी भीम दाहाल, इप्रका धरानका डिएसपी पौडेल, क्षेत्रीय प्रहरी विशेष व्युरोका सई बविन्द्र नेम्माङ, केन्द्रीय अनुसन्धान व्युरोका प्रसनी नरहरी कोईरालाको नेतृत्वको टोलीले अपरेसन गरेको थियो ।
अझ गहन अनुसन्धान गदैछौ–डिएसपी पौडेल
rameshor paudel DSP Dharan 1 महतबाट टिकारामसम्म पुगका छौ । सबै पैसा लिन आफै भएको प्रारम्भकि बयान टिका रामले दिए पनि ठगीमा अन्य व्यक्तिको पनि संलग्नताबारे थप अनुसन्धान गर्दै छौ । विहीबार मात्र अदालतबाट म्याद थप गरेका छौ । टिकाराममाथि थप अनुसन्धान गरि अरु तथ्य खुल्ने छ । भाइभर चलाउनेले पाकिस्थानी नं. प्रयोग गरिएको छ । महतले केही पैसा जोगमनी पुगी भारत पठाएका छन् । अनुसनधान पछि थप रहस्य खुल्ने छ । पीडितको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।