धरान / इटहरीस्थित डिभिएम स्कुललाई सार्वजनिक जग्गा मिचेर संरचना निर्माण गरेको भन्दै इटहरी उपमहानगरपालिकाले १५ दिन भित्र जग्गा खालि गर्न पत्राचार गरेको छ ।
मेयर द्वारिकलाल चौधरी आफै उपस्थित भएर नेतृत्वको टोलीले स्कुलले भवन निर्माण गरेको स्थानको जग्गाको स्थलगत नापजाँच पछि खाली गर्न पत्रचार गर्ने निर्णय गरेको हो ।
मेयर चौधरीले विहीबार स्कुलले संरचना निर्माण गरेको सार्वजनिक जग्गाको नापजाँच गर्दा स्कुलको नाममा रहेको ६ कठ्ठा जग्गा जुट अनुसन्धान कार्यक्रमको जग्गा तर्फ भएको र सार्वजनिक जग्गा एक बिगाहा १७ कठ्ठामा स्कुललको भवन लगायतका संरचना निर्माण भएको पाईएको बताए ।
सार्वजनिक जग्गा मिचेर संरचना निर्माण भएको पाईएपछि १५ दिन भित्र जग्गा खालि गर्न पत्राचार गरिएको बताए । चाौधरीले सार्वजनिक जग्गाको खोज ितिव्र बनाउदै आएका छन् ।